शनिबार, फाल्गुन १०,२०८१ 09:30:53
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:30:53
IME remit
Global IME Bank Limited

घट्दो सेयर बजारबाट कसरी फाइदा लिने ? कसरी पैसा कमाउने ? यस्ता छन् उपाय

Hyundai Nepal
घट्दो सेयर बजारबाट कसरी फाइदा लिने ? कसरी पैसा कमाउने ? यस्ता छन् उपाय
Nabil Bank Limited

काठमाण्डौ । भनिन्छ–सेयर बजारमा जति भूतकालको बारेमा बोल्न सकिन्छ र भन्न सजिलो छ त्यत्ति नै गाह्रो भविष्यको बारेमा अनुमान गर्न हुन्छ ।  

लाखौं लगानीकर्ताको मनोबिज्ञान बुझ्नु सजिलो कुरा भने होइन, तर सेयर बजारमा लगानी र अध्ययन गर्नेहरुले बुझ्न सक्नु पर्छ  र कोशिश पनि गर्नुपर्छ  । सेयर बजारलाई धेरै कुराले असर गर्छ, तर मुख्य रुपमा बुझ्नुपर्ने कुरा भनेको मार्केटको ट्रेन्ड  नै हो ।  बजारमा सधैं दुईवटा ट्रेन्ड  हुन्छ एउटा हो बुलिश ट्रेन्ड  र अर्को हो बियरिश ट्रेन्ड   ।

बुलिश ट्रेन्डमा सेयर किन्दा फाईदा हुन्छ भने बियरिश ट्रेन्डमा बेच्दा फाईदा हुन्छ ।  यथार्थमा सेयर बजारमा चेसका गोटी जसरी मार्केटको ट्रेन्ड  बुझेर किनबेच गर्न सके किन्दा पनि फाईदै हुन्छ र बेच्दा  पनि फाईदै हुन्छ । संसारमा फाईदै फाईदा हुने व्यापार भनेको सेयर व्यापार नै हो, त्यसैले  सेयर बजारका बादशाह वारेन बफेटले भनेको हुनुपर्छ–‘सेयर बजार भनेको भगवानजस्तै  हो ।’  

अब यहाँ प्रश्न उठन सक्छ–हामी सधैं  घाटैघाटामा छौं। यदि तपाईं घाटै  घाटामा हुनुहुन्छ भने तपाईं अब आफ्नो मार्केट्  स्ट्राटेजी  परिवर्तन  गर्नु आवश्यक छ । त्यसका लागि तपाईंसँग दुईवटा  ज्ञान हुन आवश्यक हुन्छ । पहिलो हो आधारभूत ज्ञान, जहाँ तपाईंले कस्तो कम्पनी कसरी छान्ने भन्ने बुझ्नुहुन्छ । दोस्रो हो प्राबिधिक ज्ञान, जसले लगानीकर्तालाई अँध्यारोमा हिँड्न सिकाउँछ । यो भनेको अँध्यारोमा बालिएको टर्चलाइट जस्तै हो ।  

नयाँ लगनिकर्तालाई पुरानोको तुलनामा प्राबिधिक  तथा आधारभुत ज्ञान हुन धेरै आवश्यक छ, किनकि पुराना  लगानीकर्तलाई उनीहरुको अनुभब  नै टर्चलाइट  हो ।  धेरै कारोबार र अनुभवबाट उनीहरुले कहिले किन्ने कहिले बेच्ने भन्ने कुरा सहजै अनुमान गर्न सक्छन, तर नयाँ  नयाँमा त्यस्तो नहुनसक्छ ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

प्राबिधिक  ज्ञानमा इलियट वेब मुख्य हो, जसले अहिले कुन वेब चलेको छ र कहिले मार्केट रिभर्स हुन्छ भन्ने कुरा बुझ्न सकिन्छ । त्यस्तै गरेर बोलिङर ब्यान्ड, आरएसआइ, मैनबत्ती बिश्लेषण  जस्ता टुल पनि लगानीकर्ताले बुझ्न आवश्यक छ, जसले मार्केट्को ट्रेन्ड बताउँछ ।  

अहिले विश्वभर आर्थिक मन्दिको खतरा मडारिएको छ । जापान,चीन, इजिप्ट, बेलायत जर्मनी जस्ता देशहरु यसको चपेटामा आईसकेका छन् । यस्तोबेला सेयर बजारमा जोखिम नहुने कुरै भएन ।  संसारका लगानीकर्ता सुरक्षित लगानीतिर आकर्षित छन्, त्यसैले नै सुनको मूल्य दिनदिनै बढेको बढ्यै छ । यस्तो बेला लगानीकर्ताले राम्रा र बलिया कम्पनी छान्नु पर्छ ।  

नेपालको सेयर बजार पनि बेला मौकामा तल माथि हुने गर्छ ।  जब–जब सेयर बजारमा डर पैदा हुन्छ, अनि बजार घट्ने गर्छ । यस्तो बेलामा आधारभूत रुपमा राम्रा कम्पनीको सेयर पनि सस्तो मूल्यमा पाइन्छ । अहिले बैंक तथा बित्तीय क्षेत्रमा पर्याप्त तरलता छ, ब्याजदर घटेको घट्यै छ ।  

लगानीकर्ताले जहिले पनि मार्केटको ट्रेन्ड हेरेर करोबार गर्नुपर्छ  । सेयर बजारमा धेरै मान्छेको बुझाइ हुन्छ बजार बढेमा मात्रै नाफा हुन्छ, तर यथार्थमा घट्दो   मार्केटमा पनि नाफा हुन्छ । त्यो कसरी ?

पहिला, सुरुमा तपाईंले आफैंलाई प्रश्न गर्नुहोस्– म ट्रेडर हो कि इन्भेस्टर ? यदि कि सेयर किनेर तपाईं बर्ष–बर्षमा कम्पनीको प्रतिफल खाएर बस्न चाहनुहुन्छ भने तपाईं इन्भेस्टर हो । यसका लागि राम्रा राम्रा चार–पाँचवटा कम्पनी मात्रै छान्नुस् र वार्षिक प्रतिफल खानुस्, तर तपाईं दैनिक बजार हेर्नुहुन्छ, बजार जानु हुन्छ भने तपाईं ट्रेडर हो । तपाईं  ट्रेडर हुन प्राबिधिक ज्ञान हुनैपर्छ । जस्तो सेयर बजारको मापन गर्ने चौध दिने सूचक आरएसआइ हरेक कम्पनीको र समग्र सेयर बजारको हेर्न मिल्छ, जुन आर्थिक मिडियाहरुमा पनि आउने गर्छ । बजारको आरएस् आइ ३० भन्दा तल छ भने अब तपाईंले रोजेको कम्पनी दैनिक वा साप्ताहिक रुपले थोरै थोरै किन्दै जानुस्, एकैपटक नकिन्नुस् । 

जब बजार बढ्न थाल्छ, आरएस  आइ बढ्दै जान्छ, र जब आरएसआइ ७० भन्दा माथि जान्छ, अब तपाईंले बेच्न सुरु गर्नुस्, बजार जति बढ्दै जान्छ दैनिक बेच्दै जानुस् लोभ नगर्नुस् । यहाँ हेक्का राख्नुपर्ने कुरा के छ भने कहिलेकाही आरएसआइ ७० भन्दा माथि र ३० भन्दा तल लामो समय पनि बस्न सक्छ,  यस्तो बेला किनेपछि पनि होल्ड  र बेचेपछि पनि पुनः किन्न समयको ग्याप राख्नै पर्छ ।  

तपाईंले सेयर बेचेपछि पुनः किन्न हतारो नगर्नुस्, समग्र बजारको आरएसआइ ३० भन्दा तल आउन कुर्नुस् दुई वा तीन कम्पनीमा मात्रै खेल्नुस् ।  यो हो सेयर बजारमा लगानी गर्ने सामान्य सिद्धान्त ।  

यो बाहेक अन्य ज्ञान  पनि लिन  जरुरी छ ।  यति मात्रै गर्नुभयो भने पनि तपाईं सेयर बजारमा आंशिक रुपमा सफल बन्नुहुनेछ ।  

अहिले चौध दिने आरएसआइ न्युट्रल जोन अर्थात ५० भन्दा तल छ, जसको अर्थ सेयर किन्न केही समय प्रतिक्षा गर्नुपर्छ भन्ने हो । यो रणनीति भनेको ट्रेडरको लागि मात्रै हो इन्भेस्टरले भने अहिले खरिद गरेर लामो समय राख्ने हुँदा खासै फरक पर्दैन ।  

यहाँ अर्को प्रश्न आउनसक्छ– उसो भए सेयर बजारमा इन्भेष्टर बन्दा फाइदा कि ट्रेडर बन्दा ? यस्को जबाफ  तपाईंले लगानी गर्ने पैसामा भर पर्छ ।  आफ्नै पैसा हो भने राम्रो कम्पनीमा लगानी गरेर होल्ड गर्दा हुन्छ, तर ब्याजको पैसा हो भने मासिक तथा वार्षिक ब्याज तिर्नुपर्ने हुँदा ट्रेडर बन्दा फाइदा हुन्छ ।  

घट्दो बजारमा नाफा कमाउने अर्को तरिका भनेको स्टपलस विधि पनि हो । आफूले किनेपछि यदि बजार धेरै नै घट्ने देखिन्छ  भने शेयर बेच्न पनि सकिन्छ र पुनः मूल्य तल आएपछि खरीद गर्दा फाइदा हुन्छ । तर, यसका लागि पनि मार्केट ट्रेण्ड बुझ्न जरुरी हुन्छ । बजारमा हरेक लगानीकर्ताको आ–आफ्नो बजार रणनीति हुन्छ, सही रणनीतिले नै बजारमा कमाउने अबसर प्राप्त हुने हो । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.