शुक्रबार, फाल्गुन ३०,२०८१ 11:13:58
IME remit
  • शुक्रबार, फाल्गुन ३०,२०८१ 11:13:58
IME remit
Global IME Bank Limited

कांग्रेसका मन्त्रीले अड्काएका शहीद घोषणा राजपत्रमा, सरकारमाथि एकैपटक करिब ३ अर्ब दायीत्व थपिने

Hyundai Nepal
कांग्रेसका मन्त्रीले अड्काएका शहीद घोषणा राजपत्रमा, सरकारमाथि एकैपटक करिब ३ अर्ब दायीत्व थपिने
Nabil Bank Limited

काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता तथा तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतका कारण रोकिएको थप २ हजार ६७४ जनालाई शहीद घोषणा र राहात वितरणको प्रक्रिया सरकारले अगाडि बढाएको छ ।  

नेपाली कांग्रेस सरकारबाट बाहिरिएलगत्तै २०८० पुस २४ गते थप २ हजार ६७४ जनालाई शहीद घोषणा गर्ने निर्णय भए पनि कार्यान्वयनमा आएको थिएन । विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने थप २ हजार ६७४ जनालाई शहीद घोषणा गरी अहिलेको सरकारले सो सम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरेको छ ।  

चैत २४ गते राजपत्रमा नयाँ शहीद घोषित हुनेहरुको नामावली प्रकाशन गरिएको हो । 

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

योसँगै अब नयाँ शहीदका परिवारले पाउने सरकारी राहात निकासाका लागि बाटो समेत खुलेको छ ।  

नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डले कार्यकर्तालाई रकम बाँड्न दवाब दिएको अवस्थामा आफ्नो दलका तर्फबाट अर्थमन्त्री बनेका डा. महतले अस्वीकार गर्दा सरकारबाट बाहिरिनेसम्मको निर्णय गरेको आरोप लगाउँदै आएको छ । एमालेसहितको नयाँ गठबन्धन सरकार बनेपछि त्यसले चैत २४ गतेमा कांग्रेसका मन्त्रीहरुका कारण अड्किएको शहीद घोषणा लगायतका प्रक्रिया अगाडि बढाएर राजपत्रमा सूचना नै प्रकाशन गरेको हो ।  

योसँगै अब घोषित सबै २ हजार ६७४ शहीदका परिवारले सरकारको तर्फबाट जनही १० लाखको दरले राहात पाउनेछन् ।  

पुस २४ गतेको मन्त्रीपरिषद बैठकबाट सहीद घोषणा भई विवरण अपूर्ण भएका कारण राजपत्रमा प्रकाशन हुन बाँकी २५९ जना सहीदहरुको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि भएको थियो ।  

त्यसबेला विभिन्न मितिमा सहीद घोषणा भएका १०१२ जनाको विवरण संसोधनको निर्णय पनि भएको थियो ।  

पछिल्लोपटक राजपत्रमा प्रकाशन हुन बाँकी ३ जनाको सहिदहरूको विवरण राजपत्रमा प्रकाशन गर्ने र विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गरेका तर सहिद घोषणा हुन बाँकी अरु ७५ जनालाई सहिद घोषणा गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रष्ट पारेको छ । नयाँ शहीद घोषित भएकामध्ये अधिकांश सशस्त्र युद्धको क्रममा ज्यान गुमाउनेहरु छन् ।

कांग्रेसको गोदावरीमा सम्पन्न महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले माओवादी युद्धलाई औचित्यहीन युद्ध भनी राजनीतिक प्रतिवेदन पेश गरेको विषयलाई माओवादीले पुरानो गठबन्धन भत्काउने एउटा प्रमुख कारणको रुपमा लिएको थियो । माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसले जनयुद्ध र त्यसमा शहादत प्राप्त गर्नेहरुको अनादर गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।    

थप शहीद घोषणा गर्दा राजश्व संकलनमा दवाब खेपिरहेको र दैनिक प्रशासनिक खर्च चलाउनलाई आन्तरिक ऋण उठाउनुपर्ने अवस्थामा पुगेको सरकारमाथि एकैपटक ३ अर्ब हाराहारीको दायीत्व थपिएको छ ।  

Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.