शुक्रबार, श्रावण २२,२०८३ 06:15:07
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 06:15:07
Bizshala
Global IME Bank Limited

ओरियण्टल होटल्सको सेयरमा ‘बुलिस फ्ल्याग प्याटर्न’, कस्तो रहला अबको यात्रा ?

ओरियण्टल होटल्सको सेयरमा ‘बुलिस फ्ल्याग प्याटर्न’, कस्तो रहला अबको यात्रा ?
New Office

काठमाण्डौ । र्याडिसन होटेल एउटा अन्तर्राष्ट्रिय चेन होटेल हो । यो होटेल एसिया, अफ्रिका, युरोप र मध्यपूर्वमा फैलिएको छ ।  

नेपालमा ओरियन्टल होटल्स लिमिटेड (र्याडिसन) काठमाण्डौको लाजिम्पाटमा रहेको छ । यो होटेलमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ ।  

आधारभूत पक्षः  

यस आर्थिक बर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी १ अर्ब १८ करोड ४५ लाख रुपैंयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २ अर्ब ७३ करोड ३४ लाखबराबर रहेको छ । यस्तै कम्पनीको कुल पूँजी ३ अर्ब ९१ करोड रहेको छ । कम्पनीको खुद मुनाफा ४ करोड ४७ लाख , प्रतिसेयर आम्दानी ५ रुपैयाँ , बुक भ्यालु ३३१ रुपैयाँ र रिर्टन अन इक्विटी १.५२ प्रतिशत रहेको छ ।  

प्राविधिक पक्षः  

बुलिस फ्ल्याग प्याटर्न  

यदि कुनै पनि कम्पनीको सेयरको मूल्य रेखाले शुल्टो  झण्डाका आकृति बनाउँछ भने त्यसलाई बुलिस फ्ल्याग प्यार्टन भनिन्छ । यसको विपरित यदि उल्टो झण्डाको आकृति बनेको खण्डमा वियरिस फ्ल्याग प्यार्टन भन्ने बुझिन्छ । बुलिस फ्ल्याग प्यार्टनले  सेयरको मूल्यले माथि जाने संकेत गर्छ भने बियरिस फ्ल्याग प्यार्टनले सेयरको मूल्य तल जाने संकेत गर्छ । यो कम्पनीको सेयर मुल्यले हाल बुलिस फ्ल्याग प्याटर्न बनाएको छ । यसले सम्भावित रुपमा कम्पनीको सेयरमूल्य माथि जाने संकेत गरेको छ ।  

फियर एण्ड ग्रिड  

फियर एण्ड ग्रिडमा यो कम्पनी हाल बुलिस सेन्टिमेन्टमा चलको देखिन्छ । यसले कम्पनीको सेयरमा लगानीकर्ताहरुको आकर्षण बढ्दै गरेको बुझिन्छ । कम्पनीको ५२ साताको उच्च मुल्य ११८२ र न्यु्न मूल्य ९२० रुपैयाँ रहेको छ । कम्पनीमा ३० प्रतिशत सेयर स्वामित्व सर्वसाधारणको र ७० प्रतिशत संस्थापक समूहको रहेको छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा केही समय पहिले अपर ब्याण्डमा शुटिङ स्टार बनेर खसेको यो कम्पनीको सेयर भाउले हाल मध्य ब्याण्डलाई ब्रेक गरेर माथि लागेको छ । म्याक्डीमा बुलिस क्रसओभर बन्दै गरेको छ भन हिस्टोग्राम सकारात्मक बन्दै गरेको देखिन्छ । त्यसैगरि आरएसआई ६० को तहमा अप ट्रेन्डमा चलेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – १२३३

प्रतिरोध २ – ११४१

प्रतिरोध १–  १०२४

पिभट प्वइन्टः ९३२

घटेमा सपोर्ट 

सपोर्ट १– ८१४

सपोर्ट २– ७२२

सपोर्ट  ३ –६०५

निष्कर्षः आधारभूत रुपमा यो कम्पनी ठीकै देखिन्छ । कम्पनीको चुक्तापूँजी भन्दा जगेडा कोषको आकार ठूलो देखिन्छ । कम्पनीको खुद मूनाफा, प्रतिसेयर आम्दानी र रिर्टन अन इक्विटी भने खासै सन्तोषजनक देखिदैन । प्राविधिक रुपमा यो कम्पनीको मुल्य आज पिभट् प्वइन्ट भन्दा माथि लागेको छ ।  

बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बुलिस क्याण्डलसहित मध्य ब्याण्ड भन्दा माथि लागेको देखिन्छ । कम्पनीको मुल्य रेखाहरुले भने बुलिस फ्ल्याग प्यार्टन बनाएको देखिन्छ । यसले सम्भावित रुपमा कम्पनीको सेयर मुल्यले माथिको यात्रा तय गर्ने बुझिन्छ ।  

नोेटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेष्ण कारोबारको लागि सिफारिस भने होइन । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.