मंगलवार, असार ३,२०८२ 12:11:27
  • मंगलवार, असार ३,२०८२ 12:11:27
Global IME Bank Limited

ओरियण्टल होटल्सको सेयरमा ‘बुलिस फ्ल्याग प्याटर्न’, कस्तो रहला अबको यात्रा ?

Hyundai Nepal
ओरियण्टल होटल्सको सेयरमा ‘बुलिस फ्ल्याग प्याटर्न’, कस्तो रहला अबको यात्रा ?
Nabil Bank Limited

काठमाण्डौ । र्याडिसन होटेल एउटा अन्तर्राष्ट्रिय चेन होटेल हो । यो होटेल एसिया, अफ्रिका, युरोप र मध्यपूर्वमा फैलिएको छ ।  

नेपालमा ओरियन्टल होटल्स लिमिटेड (र्याडिसन) काठमाण्डौको लाजिम्पाटमा रहेको छ । यो होटेलमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ ।  

आधारभूत पक्षः  

यस आर्थिक बर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी १ अर्ब १८ करोड ४५ लाख रुपैंयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २ अर्ब ७३ करोड ३४ लाखबराबर रहेको छ । यस्तै कम्पनीको कुल पूँजी ३ अर्ब ९१ करोड रहेको छ । कम्पनीको खुद मुनाफा ४ करोड ४७ लाख , प्रतिसेयर आम्दानी ५ रुपैयाँ , बुक भ्यालु ३३१ रुपैयाँ र रिर्टन अन इक्विटी १.५२ प्रतिशत रहेको छ ।  

प्राविधिक पक्षः  

बुलिस फ्ल्याग प्याटर्न  

यदि कुनै पनि कम्पनीको सेयरको मूल्य रेखाले शुल्टो  झण्डाका आकृति बनाउँछ भने त्यसलाई बुलिस फ्ल्याग प्यार्टन भनिन्छ । यसको विपरित यदि उल्टो झण्डाको आकृति बनेको खण्डमा वियरिस फ्ल्याग प्यार्टन भन्ने बुझिन्छ । बुलिस फ्ल्याग प्यार्टनले  सेयरको मूल्यले माथि जाने संकेत गर्छ भने बियरिस फ्ल्याग प्यार्टनले सेयरको मूल्य तल जाने संकेत गर्छ । यो कम्पनीको सेयर मुल्यले हाल बुलिस फ्ल्याग प्याटर्न बनाएको छ । यसले सम्भावित रुपमा कम्पनीको सेयरमूल्य माथि जाने संकेत गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

फियर एण्ड ग्रिड  

फियर एण्ड ग्रिडमा यो कम्पनी हाल बुलिस सेन्टिमेन्टमा चलको देखिन्छ । यसले कम्पनीको सेयरमा लगानीकर्ताहरुको आकर्षण बढ्दै गरेको बुझिन्छ । कम्पनीको ५२ साताको उच्च मुल्य ११८२ र न्यु्न मूल्य ९२० रुपैयाँ रहेको छ । कम्पनीमा ३० प्रतिशत सेयर स्वामित्व सर्वसाधारणको र ७० प्रतिशत संस्थापक समूहको रहेको छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा केही समय पहिले अपर ब्याण्डमा शुटिङ स्टार बनेर खसेको यो कम्पनीको सेयर भाउले हाल मध्य ब्याण्डलाई ब्रेक गरेर माथि लागेको छ । म्याक्डीमा बुलिस क्रसओभर बन्दै गरेको छ भन हिस्टोग्राम सकारात्मक बन्दै गरेको देखिन्छ । त्यसैगरि आरएसआई ६० को तहमा अप ट्रेन्डमा चलेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – १२३३

प्रतिरोध २ – ११४१

प्रतिरोध १–  १०२४

पिभट प्वइन्टः ९३२

घटेमा सपोर्ट 

सपोर्ट १– ८१४

सपोर्ट २– ७२२

सपोर्ट  ३ –६०५

निष्कर्षः आधारभूत रुपमा यो कम्पनी ठीकै देखिन्छ । कम्पनीको चुक्तापूँजी भन्दा जगेडा कोषको आकार ठूलो देखिन्छ । कम्पनीको खुद मूनाफा, प्रतिसेयर आम्दानी र रिर्टन अन इक्विटी भने खासै सन्तोषजनक देखिदैन । प्राविधिक रुपमा यो कम्पनीको मुल्य आज पिभट् प्वइन्ट भन्दा माथि लागेको छ ।  

बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बुलिस क्याण्डलसहित मध्य ब्याण्ड भन्दा माथि लागेको देखिन्छ । कम्पनीको मुल्य रेखाहरुले भने बुलिस फ्ल्याग प्यार्टन बनाएको देखिन्छ । यसले सम्भावित रुपमा कम्पनीको सेयर मुल्यले माथिको यात्रा तय गर्ने बुझिन्छ ।  

नोेटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेष्ण कारोबारको लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.