मंगलवार, असार १६,२०८३ 11:10:10
Bizshala
  • मंगलवार, असार १६,२०८३ 11:10:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लगानी कम्पनीप्रति कठोर बन्दै सेबोन, प्राथमिक तथा दोस्रो बजारमार्फ धितोपत्र खरिद गर्न नसक्ने

Laxmi Sunrise Bank Limited
लगानी कम्पनीप्रति कठोर बन्दै सेबोन, प्राथमिक तथा दोस्रो बजारमार्फ धितोपत्र खरिद गर्न नसक्ने

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले लगानी कम्पनीको धितोपत्र सार्वजनिक निष्कासनसम्बन्धी नयाँ व्यवस्था गरेको छ । बोर्डबाट यसपूर्व भएको लगानी कम्पनीहरुलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्न अनुमति प्रदान गर्ने सम्बन्धमा भएको नीतिगत व्यवस्थालाई परिमार्जन गर्दै नयाँ व्यवस्था गरेको हो ।  

लगानी कम्पनीको धितोपत्र सार्वजनिक निष्कासनसम्बन्धी बोर्डले गरेको यस्ता छन् नयाँ व्यवस्था

१. संगठित संस्था/लगानी कम्पनी कम्तिमा विगत तीन बर्ष संचालनमा रही पछिल्लो दुई आर्थिक बर्षमा मुनाफा गरेको हुनुपर्ने ।

२. संगठित संस्था/लगानी कम्पनीको प्रति शेयर नेटवर्थ अंकित मूल्य भन्दा बढी भएको हुनुपर्ने ।  

New Office
CG Motors
Garima Development Bank

३. संगठित संस्था/लगानी कम्पनीले उर्जा, यातायात, संचार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संगठित संस्थाको संस्थापक शेयर बाहेक अन्य धितोपत्र र प्राथमिक तथा दोश्रो बजार मार्फत धितोपत्र खरिद गर्न नसक्ने ।

तर, योग्य संस्थागत लगानीकर्ताको रुपमा समेत कार्य गर्न बोर्डबाट अनुमति प्राप्त गरेको खण्डमा उर्जा, यातायात, संचार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संगठित संस्थाको बुक बिल्डिङ विधिमार्फत् हुने प्रारम्भिक सार्वजनिक निष्काशनमा मात्र योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने ।

४. संगठित संस्थारलगानी कम्पनी उर्जा, यातायात, संचार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खनन क्षेत्रको संगठित संस्थाको धितोपत्रमा मात्र लगानी गर्ने गरी स्थापना भएको हुनुपर्ने ।

५. संगठित संस्था/लगानी कम्पनीले न्यूनतमभन्दा कम्तिमा एक स्तर माथिको क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनुपर्ने ।

६. संगठित संस्था/लगानी कम्पनीको चुक्तापूँजी कम्तिमा रु. ५० करोड हुनुपर्ने ।

७. नेपाल सरकार संस्थापक भई स्थापना भएको संगठित संस्था वा उर्जा, यातायात, संचार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खनन क्षेत्रमा लगानी गर्ने उद्देश्य सहित स्थापना भएको संगठित संस्था लगानी कम्पनी हुनुपर्ने ।

८. बैदेशिक लगानीमा स्थापना भएका संगिठत संस्थाले बैदेशिक लगानी तथा प्रविधी हस्तान्तरण सम्बन्धी ऐनको प्रकृया पुरा गरेको हुनुपर्नेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.