काठमाण्डौ । चामलको मूल्यवृद्धिका कारण महिनौदेखि आक्रान्त बनेका जापानका उपभोक्तले अन्नतः केही राहत महशुस गर्न थालेका छन् । जापानमा आकाशिएको चामलको मूल्य घटेसँगै उपभोक्ताले राहत महशुस गरेका हुन् ।
जापानको कृषि मन्त्रालयले जारी गरेको आँकडा अनुसार जुन १५ सम्म जापानमा ५ केजी चामलको औषत प्रतिकेजी मूल्य घटेर ३ हजार ९२० येन(२७.०३ डलर)मा सीमित बनेको छ । मार्च २ यता चामलको मूल्य प्रतिकेजी ४ हजार येन तल झरेको यो पहिलोपटक हो ।
यस्तै प्रधानमन्त्री सिगेरु इसिबाले लिएको लक्ष्यमा समेत चामलको मूल्य पुगेको यो पहिलोपटक हो । गत मे महिनामा इसिबाले चामलको मूल्य ३ हजार येनको रेञ्जमा पुर्याउने घोषणा गरेका थिए ।
बढ्दो मूल्यवृद्धि र देशभर खाली सुपर मार्केटका कारण पछिल्लो समय जापानमा चामलको विषयले निकै चर्चा पाईरहेको छ ।