काठमाण्डौ । विकास हाइड्रोपावरको आइपीओमा अन्तिम दिनसम्म ८.७० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार आज अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २१ लाख २० हजार ८५७ जनाले आवेदन दिएका हुन् ।
कम्पनीको आइपीओमा २ अर्ब ५६ करोड २७ लाख ११ हजार रुपैयाँ बराबरको २ करोड ५६ लाख २७ हजार ११० कित्ता सेयरका लागि आवेदन परेको हो । कम्पनीले असार १८ गतेदेखि सर्वसाधारणहरुका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गरेको हो । मागभन्दा बढी आवेदन परेकाले आइपीओ बाँडफाँड गोलाप्रथाद्वारा हुनेछ
। कम्पनीको आइपीओ १० कित्ताका दरले २ लाख ९४ हजार २७६ जनाले प्राप्त गर्नेछन् । यसर्थमा १८ लाख २६ हजार भन्दा बढीको हात खाली हुनेछ ।