मंगलवार, असार १७,२०८२ 01:10:06
  • मंगलवार, असार १७,२०८२ 01:10:06
Global IME Bank Limited

नेप्सेको चार्टमा बन्यो बुलिस मारुबुजु क्याण्डल, डाउ थेउरीमा हायर हाइ

Hyundai Nepal
नेप्सेको चार्टमा बन्यो बुलिस मारुबुजु क्याण्डल, डाउ थेउरीमा हायर हाइ
Nabil Bank Limited

काठमाण्डौं । आज दिनभर बढेर कारोबार भएको बजार अन्त्यमा ५८.५८ अंकले बढेर बन्द भयो । यस हिसावले एक महिना एताको बजारमा आज कारोबार र सूचक दुबैमा राम्रो सुधार देखियो । आज बजार बढ्दा कारोबार पनि बढेकोले बजार मजबुत रहेको मान्न सकिन्छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा आज अपर ब्याण्डमा बुलिस मारुबुजु क्याण्डल बनेको छ । 

अब बजार अपर ब्याड सँगै हिड्नु पर्ने छ । म्याक्डीबाट नियाल्दा यस अघिनै बुलिस क्रसओभर बनेको छ । हिस्टोग्राम सकारात्मक बनेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

आरएसआई पनि आज ६० भन्दा माथि लागेर बजार सबै इन्डिकेटरले बुलिस बनेको छ । बढ्दो बजारमा यस्तो विन्दु लामो समय ओभर बट जोनमा बस्न पनि सक्छ । समग्रमा तीन वटै इन्डिकेटरमा  बजार बुलिस रहेको छ । यसको अर्थ आज लगानीकर्ताहरुले बजारमा खुलेर निर्धक्क सँग लगानी गरेका छन् भन्ने हो । जसलाई डाउ थेउरीले पनि पुष्टि गरेको छ । 

डाउ थेउरीमा आज बजारले यस अघिको हाई २०८० भन्दा माथि बन्द भएर नयाँ हायर हाई बनाएको छ । मनी फ्लो इन्डेक्समा पनि बजार सुधार देखिन्छ । पिभट् प्वइन्ट मार्फत बजारलाई नियाल्दा आज २१११ मा बन्द भएको बजारको प्रतिरोध २१५६,२२०३ र २२५० सम्म हुन सक्छ । त्यसै गरि यदि बजार घटेमा भने क्रमशः २०००,१९७५ र १९५५ सपोर्ट लिन सक्ने छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.