काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक (एफपीओ) निष्कासनमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत असार ३२ गतेदेखि १ अर्ब ४५ करोड २३ लाख २३ हजार रकमबराबर प्रतिकित्ता रु. १०० अंकित दरमा रु.५७ प्रिमियम थप गरी जम्मा रु. १५७ दरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको छ ।
बैंकको कुल चुक्तापूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँको ७२।९९ प्रतिशले हुन आउने संस्थापक समूहको १५ अर्ब ८० करोड ७१ लाख ६३ हजार ७४९ र २७।०१ प्रतिशले हुन आउने सर्वसाधारण समूहको ५ अर्ब ८४ करोड ९४ लाख ५१ हजार ८८१ रकमबराबरको सेयर कायम रहेको हुनाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा एफपीओ जारी गरिएको हो ।
एफपीओ निष्कासनका लागि केयर रेटिङ नेपालले बैंकलाई केयर–एनपी त्रिपल बी९आईएस०रेटिङ प्रदान गरेको छ। जसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।
लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा सिटिजन्स क्यापिटल मार्केट लिमिटेड रहेको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                