सोमबार, श्रावण १८,२०८३ 03:34:11
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:34:11
Bizshala
Global IME Bank Limited

भारतको एचडीएफसी बैंक: चुक्ता पुँजी रु. ७५९.६९ करोड, एउटा त्रैमासमा नाफा रु. १८,१५५ करोड

भारतको एचडीएफसी बैंक: चुक्ता पुँजी रु. ७५९.६९ करोड, एउटा त्रैमासमा नाफा रु. १८,१५५ करोड
New Office

नयाँदिल्ली । भारतको सबैभन्दा ठूलो निजी बैंक एचडीएफसीले आर्थिक वर्ष २०२५/२६ को पहिलो त्रैमास (अप्रिल–जुन) मा चुक्ता पुँजीको तुलनामा अत्यधिक मुनाफा कमाएको छ। बैंकको चुक्ता पुँजी ₹७५९.६९ करोड भए पनि उक्त अवधिमा यसले ₹१८,१५५ करोड बराबरको नाफा देखाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा १२.२४ प्रतिशतले बढी हो।

बैंकले कुल रु.९९,२०० करोड आम्दानी गरेको छ जसबाट कर्मचारी तलब, बिजुली बिल, निक्षेप व्यवस्थापन लगायतका खर्चमा रु.६३,४६६ करोड खर्च गरेको थियो। बाँकी रकम मुनाफा बनेको हो।

यस त्रैमासमा एचडीएफसी बैंकले शेयरधारकलाई प्रति शेयर रु. ५ को विशेष अन्तरिम लाभांश र १:१ को अनुपातमा बोनस सेयर दिने घोषणा गरेको छ। बोनस सेयरको लागि रेकर्ड मिति २७ अगस्ट २०२५ तोकिएको छ।

नेपालका बैंकहरूका तुलनामा एचडीएफसीको चुक्ता पुँजी कम भए तापनि यसको नाफा र बजार पूँजीकरण निकै अगाडि छ। नेपालका ठूला बैंकहरूको चुक्ता पुँजी करिब १८–३५ अर्ब रुपैयाँसम्म छ भने उनीहरूको त्रैमासिक नाफा भने तुलनात्मक रूपमा कम देखिन्छ।

एचडीएफसी बैंकले देशभर ९,०९२ भन्दा बढी शाखा र २०,९९३ भन्दा बढी एटीएम संचालन गर्दै आएको छ। यसका प्रबन्ध निर्देशक तथा CEO शशिधर जगदीशन हुन्।

यसरी एचडीएफसी बैंकले कम चुक्ता पुँजीमा पनि उच्च कार्यक्षमता र मुनाफा कमाएर भारतीय बैंकिङ क्षेत्रमा आफ्नो मजबूत उपस्थिति कायम राखेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.