काठमाण्डौ । धितोपत्र बोर्डले दोस्रो बजारबाट लगानीकर्ताले सेयर खरिद गर्दा बैंक खातामा रकम भएपश्चात मात्रै कारोबार हुने व्यवस्था गर्ने घोषणा गरेको छ ।
बोर्डले आज आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।
हाल लगानीकर्ताहरुले २५ प्रतिशत अग्रिम भुक्तानी बुझाएर शतप्रतिशत सेयर कारोबार गर्दै आएका छन् । अब भने धितोपत्र बोर्डले यो व्यवस्था अघि बढाएमा आफूसँग भएको रकमबराबरको मात्रै सेयर कारोबार गर्न पाउनेछन् ।
धितोपत्र बोर्डले भनेको छ,‘दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भएपश्चात मात्र कारोबार हुने व्यवस्था गरिनेछ ।’
