काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आइपीओ निष्कासनमा कडाई गर्ने भएको छ । बोर्डले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा आइपीओ जारी गर्ने कम्पनीले आइपीओमार्फत संकलन भएको रकम उद्देश्यबमोजिम परिचालन भए नभएको अनुगमन गर्ने जनाएको छ ।
पछिल्लो समय कम्पनीहरुले विभिन्न उद्देश्य र प्रयोजन देखाई आइपीओ निष्कासनको अनुमति माग्न थालेपनि बोर्डले अबदेखि आइपीओबाट संकलन गरिएको रकम परिचालन भए नभएको अनुगमन गर्ने भएको छ ।