काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले यही साउन १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसर्थ, साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
कम्पनीले १ः१ अनुपातमा १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट साउन ४ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको हो ।