बिहीबार, श्रावण २८,२०८३ 04:29:27
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 04:29:27
Bizshala
Global IME Bank Limited

धितोपत्र बोर्डद्वारा मार्जिन कारोबारका लागि ४ सदस्यीय अध्ययन समिति गठन

Prabhu Bank Limited
धितोपत्र बोर्डद्वारा मार्जिन कारोबारका लागि ४ सदस्यीय अध्ययन समिति गठन
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारका लागि ४ सदस्यीय अध्ययन समिति बनाएको छ । धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले दिएको जानाकारी अनुसार बोर्डले कार्यवाहक कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्यीय समिति बनाएको हो ।  

जसमा सुपरभिजन प्रमुख रुपेश केसी, कानून विभागबाट निरञ्जय घिमिरे , रेगुलेसन विभागबाट अम्बिका गिरी र सुपरभिजन शाखाबाट अनुज कुमार रिमाल गरेर ४ सदस्य रहेका छन् । उक्त समितिले अब मार्जिन कारोबरसम्बन्धी अध्ययन प्रतिवेदन तयार गरेर पेश गर्नेछ ।  

यसअघि नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुको दायरा फराकिलो बनाएको थियो । बोर्डले धितोपत्र नियमावली २०८२ लागू गर्दै धितोपत्र दलाल व्यवसायीहरुको कार्यक्षेत्र बिस्तार गरेको थियो ।

हाल २० करोड पूँजी भएका सबै ब्रोकरहरुले मार्जिन कारोबारको सुबिधा दिन सक्छन् । यसका लागि कार्यविधि भने बनिसकेको अवस्था छैन । पुरानो कार्यविधिलाई धितोपत्र बोर्डले केही परिमार्जन गर्नुपर्ने स्टक ब्रोकर एसोशियसन अफ नेपालका अध्यक्ष सागर ढकाल बताउछन्े ।  

हाल धितोपत्र बोर्डबाट प्रप्ट कार्यविधि नहुँदा ब्रोकरहरुले मार्जिन करोबारको सेवा सुरु गर्न सकेका छैनन् । यस अघि धितोपत्र बोर्डले मार्जिन कारोबारसँग सम्बन्धित कार्यविधि २०७५ सालमा नै बनाएको थियो । जसलाई परिमार्जन सहित समयानुकुल बनाउन ब्रोकरहरुले माग गरेका छन् । मार्जिन कारोबारको निर्देशिका नभएकै कारण २ ठूला स्टक डिलर नबिल स्टक डिलर र नागरिक स्टक डिलरले आफ्नै स्रोत भएता पनि लगानीकर्ताहरुलाई मार्जिन कारोबारको सुविधा दिन सकेका छैनन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.