काठमाण्डौ । सिटि होटल लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले ८० प्रतिशत हकप्रद निष्कासन गर्नका लागि यही साउन २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसर्थ साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीले जारी गर्ने हकप्रदका लागि योग्य ठहरिनेछन् ।
कम्पनीले कम्पनीले १ः०.८० अनुपातमा कुल १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद निष्कासनका लाग नेपाल धितोपत्र बोर्डमा गत जेठ ११ गते अनुमति माग गरेकोमा बोर्डले कम्पनीलाई साउन ४ गते अनुमति दिएको थियो ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।