बुधबार, श्रावण २१,२०८२ 04:20:05
  • बुधबार, श्रावण २१,२०८२ 04:20:05
Global IME Bank Limited

आईजीन र १५ मिनेटको भारित औसत मूल्यको विषयमा बोर्ड अध्यक्षसँग छलफल

Hyundai Nepal
आईजीन र १५ मिनेटको भारित औसत मूल्यको विषयमा बोर्ड अध्यक्षसँग छलफल
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र विभिन्न लगानीकर्ता संघ–संगठनका पदाधिकारीहरूबीच आज धितोपत्र बोर्डको कार्यालयमा एक महत्त्वपूर्ण छलफल सम्पन्न भएको छ। उक्त छलफलमा सेयर बजारमा धितोपत्र बोर्डको भूमिका तथा बजारको वर्तमान अवस्थाका विविध पक्षमा विस्तृत विमर्श भएको थियो।

बैठकमा हाल बजारको सबैभन्दा जल्दोबल्दो विषयको रूपमा रहेको अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आईजीन)विवादबारे छलफल भएको थियो। यस सम्बन्धमा सिडिएससीले तयार गरी पठाएको निर्देशिकालाई अविलम्ब लागू गर्न सम्पूर्ण लगानीकर्ता संघका प्रतिनिधिहरूले एकीकृत धारणा राखेका थिए। समग्र बजारको सुदृढीकरण र पारदर्शिताका लागि साधारण र संस्थागत तथा अन्य प्रकारका सेयरका लागि अलग–अलग आईजीन हुनु अपरिहार्य रहेको कुरामा जोड दिइएको थियो।

Shivam Cement
Muktinath Bikas Bank Limited

छलफलका क्रममा १५ मिनेटको भारित औसत मूल्य गणनामा देखिएको प्राविधिक समस्या र त्यसले बजारमा पारेको नकारात्मक असरबारे पनि विमर्श भएको थियो। उक्त समस्या समाधानका लागि तत्काल कदम चाल्न र यसमा सम्बन्धित सबै पक्षले सहकार्य गर्न विशेष जोड दिइएको छ।

यसका साथै, बजारलाई प्रभावित पार्ने उद्देश्यले विभिन्न पक्षबाट हुने हरेक गतिविधिमाथि धितोपत्र बोर्डले गम्भीरतापूर्वक निगरानी गरी तत्काल कारबाही गर्न पनि लगानीकर्ताका प्रतिनिधिहरूले अनुरोध गरेका छन्।

उक्त छलफलमा नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे र महासचिव सुरज खड्का, जनरल इन्भेस्टर एसोसिएसनका अध्यक्ष दीपक कार्की, साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतु जंग जीसी, नेपाली धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे, नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेल तथा स्वतन्त्र विज्ञ हरिबहादुर केसीको सहभागिता रहेको थियो।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.