काठमाण्डौ । सामसुङ नेपालले आफ्ना ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने आफ्नो विशेष अफर सार्वजनिक गरेको छ।
सीमित अवधिको लागि उपलब्ध यो अफरअन्तर्गत, ग्राहकहरूले ग्यालेक्सी वाच ८ सिरिज र बड्स ३ लाइन अपजस्ता ग्यालेक्सी वेरेबलहरु खरिद गर्दा विशेष छुट पाउनेछन्।
सामसुङको नयाँ फ्ल्यागशिप, ए–सिरिज वा एम–सिरिजका स्मार्टफोनहरू खरिद गर्दा, ग्यालेक्सी वाच र बड्समा विशेष ३२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ।
