काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडको नाफामा सामान्य सुधार आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १३ करोड ९५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १५.२७ प्रतिशतले बढी हो ।
नाफा बढेपनि कम्पनीको कुल आम्दानी भने घटेको छ । अघिल्लो आवमा १ अर्ब २२ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले समीक्षा अवधिमा भने १ अर्ब ४ करोड रुपैयाँ मात्रै आर्जन गरेको छ ।
कम्पनीको वित्त खर्च ७४ करोड १२ लाखबाट घटेर ५५ करोड ४७ लाखमा सीमित बनेको छ । ह्रासकट्टी खर्च पनि २७ करोड ५९ लाखबाट घटेर २६ करोड ३९ लाखमा सीमित बनेको छ । यस्तै अघिल्लो आवमा ८ करोड १७ लाख रहेको अन्य सञ्चालन खर्च पनि घटेर ७ करोड ७२ लाखमा सीमित बनेको छ ।
कम्पनीको चुक्तापूँजी २ अर्ब २० करोड रुपैयाँ छ । कम्पनीको रिजर्भको आकार १३ करोड ९२ लाखबाट बढेर १६ करोड ८२ लाख पुगेको छ ।
त्यस्तै कम्पनीको कुल चालु सम्पत्ति ४८ करोड ५० लाख र कुल चालु दायित्व ४० करोड ९९ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ६.३३ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १०७.६३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४२९.७३ रुपेयाँ र तरलता अनुपात १.१८ प्रतिशत कायम भएको छ ।