काठमाण्डौ । सिटि होटल लिमिटेड १९ करोड ८९ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले आज सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी २० करोड ३२ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीको आम्दानी पनि घटेको छ । कम्पनीले उक्त अवधिसम्म ५२ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.३२ प्रतिशतले कम हो । कम्पनीले खर्च भने केही घटाउन सफल भएको छ । अघिल्लो आवमा ३७ करोड ७५ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले समीक्षा अवधिसम्म भने ३७ करोड २० लाख खर्च गरेको छ ।
१ अर्ब ६७ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ३० करोड २ लाख र कुल चालु दायित्व ९० करोड ७१ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ११.८९ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ८०.८३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३३.१८ रुपैयाँ, पीई रेसियो ७३.५० गुणा ऋणात्मक र तरलता अनुपात ०.३३ प्रतिशत कायम भएको छ ।