काठमाण्डौ । राधी विद्युत कम्पनीले ३०९.३८ प्रतिशतले नाफा ग्रोथ गरेको छ । अघिल्लो आवमा जम्मा ९ करोड २७ लाख रुपैयाँ मात्रै नाफा कमाएको यो कम्पनीले गत आवमा ३७ करोड ९८ लाख रुपैयाँ कमाएको छ । कम्पनीको विद्युत बिक्री आम्दानी उल्लेख्य बढेपछि नाफा वृद्धिमा टेवा पुगेको हो ।
गत आवमा कम्पनीले बिजुली बेचेर १२ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनाममा ३२.३४ प्रतिशत बढी हो । त्यस्तै, कम्पनीको अन्य आम्दानी पनि उल्लेख्य बढेको छ । अघिल्लो आवमा जम्मा ७ लाख ७ हजार रुपैयाँ अन्य आम्दानी गरेको यो कम्पनीले गत आवमा ३९ करोड ८५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
सो अवधिसम्म कम्पनीको चुक्तापूँजी १ अर्ब ८३ करोड रुपैयाँ रहेकोमा कुल सम्पत्ति ६८ करोड ५५ लाख रुपैयाँ पुगेको छ भने कुल इक्विटी २ अर्ब ५० करोड ८३ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको इपीएस ५.२८ रुपैयाँबाट बढेर २०.६५ रुपैयाँ पुगेको छ भने नेटवर्थ १३६.४० रुपैयाँ, तरलता अनुपात २.२१ प्रतिशत, पीई रेसियो ३९.२३ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७१.३६ रुपैयाँ रहेको छ ।