काठमाण्डौ । सेयर बजारमा रौनक छाउन नसके पनि डिम्याट खाता खोल्नेको संख्या भने दिनहुँ बढिरहेको छ । पछिल्लो समय सेयर बजार उत्साहजनक ढङ्गले बढ्न सकेको छैन । सेयर बजारमा अधिक सप्लाईको कारण बजार माथि जान सकेको छैन । तर, डिम्याट खाता खोलेर बजारमा प्रवेश गर्नेको संख्या भने दिनहुँ बढिरहेको छ ।
ब्रोकरहरुले मल्टिपल डिम्याट मागेको अवस्थामा डिम्याट खाता खोल्नेको संख्या भने बढेको बढ्यै छ । यसले मर्चेन्ट बैंकर र ब्रोकर भने मालामाल हुने अवस्था बनेको छ । लगानीकर्ताहरुले हरेक वर्ष डिम्याट खाता र मेरो सेयर खाता नविकरणको लागि शुल्क बुझाउनु पर्ने हुन्छ ।
योसँगै डिम्याट खाता खोल्नेको संख्या आजको मितिसम्म ७० लाख १९ हजार २०० पुगेको छ । यो भनेको नेपालको हालको जनसंख्याको २४ प्रतिशतभन्दा बढी हो ।
त्यसैगरी, मेरो सेयर प्रयोगकर्ताको संख्या पनि बढेर ६० लाख ९१ हजार ४३७ जना पुगेको छ । जसमा एक्टिभ मेरो सेयर प्रयोगकर्ताको संख्या भने ४३ लाख ४ हजार ६७३ जना पुगेको छ ।
योसँगै करिब साढे १४ अर्ब कित्ता सेयर डिम्याट भएको पनि सीडीएससीले जनाएको छ । हाल ११९ वटा डीपी रहेका छन् भने सेन्ट्रल केवाईसी लिने संस्थाको संख्या पनि ११९ नै पुगेको छ ।