सोमबार, असार १६,२०८२ 02:20:15
  • सोमबार, असार १६,२०८२ 02:20:15
Global IME Bank Limited

लघुवित्तको समस्या समाधानमा अर्थमन्त्रीको एक्सन, बनाए ७ सदस्यीय कार्यदल

Hyundai Nepal
लघुवित्तको समस्या समाधानमा अर्थमन्त्रीको एक्सन, बनाए ७ सदस्यीय कार्यदल
Nabil Bank Limited

काठमाण्डौ । सरकारले लघुवित्त वित्तीय संस्थाहरुको समस्याको खोजी र समाधानका उपाय निकाल्ने उद्देश्यले ७ सदस्यीय कार्यदल गठन गरेको छ ।  

अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नरको संयोजकत्वमा कार्यदल बनाइएको हो । केन्द्रीय बैंकका २ मध्ये एक डेपुटी गभर्नरलाई कार्यदलको संयोजक तोक्ने जिम्मा गभर्नरलाई दिइएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

सो समितिमा राष्ट्र बैंकको लघुवित्त क्षेत्र हेर्ने कार्यकारी निर्देशक, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र हेर्ने सहसचिव र सोही क्षेत्र हेर्ने उपसचिवलाई सदस्य बनाइएको छ ।  

यसैगरी, लघुवित्तपीडित संघर्ष समितिका तर्फबाट मनिराम ज्ञवाली, क्षेत्रबहादुर मोक्तान र लुजा राई पनि सदस्य तोकिएका छन् ।  

यो कार्यदललाई लघुवित्त वित्तीय संस्थाहरुमा देखिएका समस्या पहिचान गरी समाधानको उपाय समेत सुझाउँदै प्रतिवेदन बुझाउन ६० दिनको समयसीमा दिइएको छ ।  

यो कार्यदलको प्रतिवेदनका आधारमा लघुवित्त वित्तीय संस्थामा देखिएका समस्या समाधानका लागि नीतिगत सुधारहरु गर्ने अर्थमन्त्रीको योजना छ ।  

लघुवित्तपीडित संघर्ष समितिसँग यसअघि शुक्रबार अपरान्ह सरकारले ६ बुँदे सहमति गरेको थियो । सहमतिपछि लघुवित्त पीडित संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको थियो ।  

सरकासँग भएको सहमतिको ५ नम्बर बुँदामा समस्या पहिचान गरी समाधानको उपाय दिन कार्यदल बनाउने भनिएको थियो । त्यसलाई कार्यान्वयन गर्दै अर्थमन्त्रीले आजै कार्यदल गठन गरेका हुन् ।  

अर्थमन्त्रीमा नियुक्त भएकै दिन वर्षमान पुनले लघुवित्तको समस्या समाधान गरिने र यो विषय सरकारको जिम्मेवारी समेत रहेको बताएका थिए । उनले लघुवित्त क्षेत्रलाई रेस्क्यू गरिने उद्घोष गरेका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.