Bizshala
  • मंगलवार, असार २३,२०८३ 05:56:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘डबल या तेब्बर बबाल !’, डेल्टा अटोकर्पको आकर्षक फेस्टिभ अफर

Laxmi Sunrise Bank Limited
‘डबल या तेब्बर बबाल !’, डेल्टा अटोकर्पको आकर्षक फेस्टिभ अफर

काठमाण्डौ । नेपालका लागि भेस्पा–एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले यस वर्ष पनि दशैं, तिहार तथा छठ पर्वको अवसरमा ‘डबल या तेब्बर बबाल’ फेस्टिभ अफर सार्वजनिक गरेको छ ।

यो अफर अन्तर्गत, भेस्पा वा एप्रिलिया स्कुटर खरिद गर्ने हरेक ग्राहकले आकर्षक स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । कार्डमा दिइएको क्यूआर कोड स्क्यान गरी स्क्र्याचमार्फत प्राप्त रकमलाई दोब्बर वा तेब्बरसम्म बढाउन सकिनेछ ।

यस अफरअन्तर्गत, हरेक हप्ताको लक्की ड्र मार्फत ग्राहकहरूले ४ रात ५ दिनको रोमाञ्चक थाइल्याण्ड भ्रमण जित्ने अवसर पाउनेछन् । त्यति मात्र नभई, अफरको बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली ग्राहकले रु १० लाख नगद जित्ने विशेष अवसर पनि प्राप्त गर्नेछन् ।

New Office
CG Motors
Garima Development Bank

त्यसैगरी, जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा न्यूनतम रु. ४० हजार मूल्याङ्कन प्राप्त गर्न सकिनेछ । 

साथै, स्क्र्याच कार्डमार्फत बजार मूल्याङ्कन भन्दा थप रु. १ लाख ५० हजारसम्म पाउन सकिनेछ । फाइनान्स सुविधाहरू पनि उत्तिकै आकर्षक छन् । ४.९९ प्रतिशत मात्र ब्याजदरमा इएमआई सुविधा, शून्य सेवाशुल्कसहित उपलब्ध छ । यो अफर नेपालभरका सबै आधिकारिक भेस्पा – एप्रिलिया शोरूमहरूमा उपलब्ध हुनेछ ।

योजनाबारे बोल्दै डेल्टा अटोकर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत विजय महतोले भने, ‘डेल्टा अटोकर्प सधैं आफ्ना ग्राहकहरूका लागि आकर्षक र फाइदाजनक योजना ल्याउन प्रतिबद्ध छ । यस वर्ष दशैं, तिहार र छठ पर्वको उल्लासलाई अझ रोचक बनाउन हामीले ‘डबल या ट्रिपल बबाल’अफर सार्वजनिक गरेका छौं । हामी विश्वास गर्छौं, यो अफरले ग्राहकहरूको उत्सवलाई थप विशेष बनाउनेछ र उनीहरूले यस योजनाबाट भरपुर लाभ लिन सक्नेछन् ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.