आईतवार, असार २१,२०८३ 05:04:02
Bizshala
  • आईतवार, असार २१,२०८३ 05:04:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालयन बैंकको एफपीओमा लगानी गर्नेहरु चिल्लै, एक किलो चिकेन पनि नआउने !

Laxmi Sunrise Bank Limited
हिमालयन बैंकको एफपीओमा लगानी गर्नेहरु चिल्लै, एक किलो चिकेन पनि नआउने !

काठमाण्डौ । पूँजीबजारमा आईपीओ र एफपीओमार्फत लगानीकर्तालाई सधैं ठूलो फाइदा नै हुन्छ भन्ने हुँदैन । यसको पछिल्लो उदाहरण हिमालयन बैंकलाई लिन सकिन्छ । बैंकले गत असार ३२ गतेदेखि साउन ४ गतेसम्म १ अर्ब ४५ करोड २३ लाख २३ हजार  रकमबराबर प्रतिकित्ता रु. १०० अंकित दरमा रु.५७  प्रिमियम थप गरी जम्मा रु. १५७ दरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको थियो ।  

उक्त एफपीओमा लगानीकर्ताले प्रतिकित्ता १५७ रुपैंयाँका दरले लगानी गरेका थिए । लगानीकर्ताहरुलाई धितोपत्र बोर्डको १० कित्ते नियमअनुसार १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको थियो । जसअनुसार यो कम्पनीको आज दोस्रो बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता २०२ रुपैंयाँ पुगेको छ ।  

New Office
CG Motors
Garima Development Bank

जसअनुसार यो कम्पनीको एफपीओ पर्नेलाई जम्मा ४५० रुपैंयाँ मात्रै फाइदा भएको छ । यसमा पनि सीआस्वा शुल्क रु ५ , पूँजीगत लाभकर , ब्रोकर कमिसन , डिपी शुल्क , सेबोन फि काट्दा लगानीकर्तालाई १० कित्ताबाट जम्म ३५० रुपैंयाँ मात्रै नाफा हुन्छ ।  

यसले एक किलो ब्रोइलर कुखुराको मासु खरिद समेत गर्न नसकिने ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ताले भने । आज प्राइमो सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर १६)मा भेटिएका एक लगानीकर्ताले भने, ‘अरु माइक्रो फाइनान्सको जस्तो मानेर हिमालयन बैंकको एफपीओ भरियो तर यसले एक किलो चिकेन पनि नआउने भयो ।’  

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन बैंकको एफपीओ यहि सोमबार सूचीकृत भएको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.