काठमाण्डौ । सयपत्री हाईड्रोपावर लिमिटेडलाई विद्युत नियमन आयोगले चुक्तापूँजीको ७४ प्रतिशत हकप्रद निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ । आयोगले कम्पनीलाई उल्लेखित अनुपातमा हकप्रद निष्कासनका लागि भदौ २० गते पूर्वस्वीकृति दिएको हो ।
कम्पनीको २०८१ मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको थियो । उक्त प्रस्ताव गत असार २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अनुमोदन गर्दै पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगसमक्ष पेश गरेको थियो ।
तर आयोगले कम्पनीको शतप्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावलाई घटाएर ७४ प्रतिशत हकप्रद जारी गर्न पूर्वस्वीकृति दिएको हो ।
कम्पनीले ऋण तथा दायित्व भुक्तानीका लागि र दरमखोला ‘ए’जलविद्युत आयोजनाको मर्मत सुधारका लागि हकप्रद जारी गर्ने तायरी गरेको हो ।