मंगलवार, आश्विन १३,२०८३ 11:31:42
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 11:31:42
Bizshala
Global IME Bank Limited

नेप्सेको सपोर्ट जोनमा ‘इन्भर्टेड ह्याम्मर: घटे २५९५ र बढे २८३७ सम्म पुग्नसक्ने

Bizshala
नेप्सेको सपोर्ट जोनमा ‘इन्भर्टेड ह्याम्मर: घटे २५९५ र बढे २८३७ सम्म पुग्नसक्ने
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिनमै बजारले ओरालो यात्रा समात्यो । नेप्सेमा लगातार गिरावट आएको आज चौथो कारोबार दिन समेत हो ।  

पछिल्लो ४ कारोबार दिनमा बजार ५३.६ अंकले घटिसकेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा इन्भर्टेड ह्याम्मर क्याण्डल बनेको छ । यसअघि सपोर्ट जोनमा नै स्पिनिङ टप क्याण्डल बनेको थियो । यी दुबै  क्याण्डल भनेका रिभर्सल प्रकृतिका क्याण्डल हुन् ।  

यदि बजारमा डोजी तथा ह्यामर प्रकृतिको क्याण्डल बनेमा बजारले रिभर्सलको सम्भावना रहन्छ । यसअघि पनि असार महिनामा यस्तै प्रकृतिका क्याण्डलहरु बनेपछि बजारमा सुधार आएको थियो । 

म्याक्डीमा बियरिस प्रकृतिको क्याण्डल क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआई ओभरसोल्ड जोन ३७ को तहमा चलेको छ । कारोबार तथा भोल्यूमबाट नियाल्दा पछिल्लो समय लगतार बजारमा चार अर्ब आसपास कारोबार भएको छ ।  

यसले बजारमा बिक्री गर्नेहरु पछि हट्दै गएको बुझिन्छ । पिभट्मार्फत नियाल्दा आज २७०८ मा बन्द भएको बजार घटेमा क्रमशः २६८४,२६४८ र २५९५ मा सपोर्ट लिनसक्छ । त्यसैगरी बढेमा क्रमश: २७३७, २७७३ र २८३७ मा प्रतिरोध सामना गर्नसक्छ ।  

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।)  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.