शुक्रबार, श्रावण २२,२०८३ 10:25:47
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 10:25:47
Bizshala
Global IME Bank Limited

यूनियन हाईड्रोपावरको सेयर मूल्य बुलिस सेन्टिमेन्टमा, कस्तो रहला अगामी यात्रा ?

यूनियन हाईड्रोपावरको सेयर मूल्य बुलिस सेन्टिमेन्टमा,  कस्तो रहला अगामी यात्रा ?
New Office

काठमाण्डौ । यूनियन हाइड्रोपावर पब्लिक लिमिटेड कम्पनी नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत हाईडो समूहको कम्पनी हो । यो कम्पनी सन् २००७ मा लमजुङ्ग जिल्लामा स्थापित भएको ३ मेगावाटको कम्पनी हो । यो कम्पनीले सन् २०१८ देखि विद्युत उत्पादन सुरु गरेको थियो ।  

आधारभूत पक्षः  

गत आर्थिक बर्षको चौंथो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चूक्ता पूँजी ७५ करोड रुपैंया मात्रै रहेको छ । कम्पनीको जगेडा कोषमा ६६ लाख ८६ हजार रुपैंया रहेको छ । यस्तै कम्पनीको कूल पूँजी ७५ करोड ६६ लाख ८६ हजार रुपैंया रहेको छ । कम्पनीको खुद मूनाफा २ करोड ६२ लाख रुपैंयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ३.५ रुपैंयाँ, बुक भ्यालु १००.८९ रुपैंया रहेको छ भने रिर्टन अन इक्विटी ३.४७ प्रतिशत मात्रै रहेको छ ।  

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा  

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा यो कम्पनी हाल स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यदि कम्पनीको सेयर भ्यालु ० देखि २० सम्म रहेमा स्ट्रङ वियरिस सेन्टिमेन्ट, २० देखि ४० सम्म वियरिस सेन्टिमेन्ट , ४० देखि ६० सम्म न्यूट्रल सेन्टिमेन्ट , ६० देखि ८० सम्म बुलिस र ८० देखि १०० सम्म स्ट्रङ बुलिस सेन्टिमेन्ट रहेको मानिन्छ ।  

हाल यो कम्पनी ८० को तहमा स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यो भनेको कम्पनीको सेयर भाउमा लगानीकर्ताहरुको अधिक आकर्षण रहेको छ भन्ने हो ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको सेयर भ्यालु हाल अपर ब्याण्डमा चलेको देखिन्छ । अपर ब्याण्डमा बुलिस प्रकृतिका क्याण्डलहरु बनेका छन् । त्यसैगरि, म्याक्डीमा केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकारात्मक र लामा–लामा नै रहेका छन् । आरएसआई ओभर बट जोन ७० मा चलेको छ । विभिन्न इन्डिकेटरबाट नियाल्दा यो कम्पनी हाल बुलिस सेन्टिेमेन्टमा चलेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ५१२

प्रतिरोध २ – ४७६

प्रतिरोध १–  ४५४

पिभट् प्वइन्टः ४१८

घटेमा सपोर्ट

सपोर्ट १– ३९६

सपोर्ट २– ३६०

सपोर्ट  ३ –३३८

निष्कर्षः आधारभूत रुपमा यो कम्पनी खासै मजबुत देखिदैन । प्रतिसेयर आम्दानी ३.४७ रुपैंया मात्रै रहेको यो कम्पनीको बुक भ्यालु १००.८९ रुपैंया मात्रै रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी ३.४७ प्रतिशत मात्रै रहेको छ ।  

कम्पनीको सात प्रतिशत सेयर सर्वसाधारणमा परिणत भईसकेको छ । प्राविधिक रुपमा भने यो कम्पनीको सेयर भ्यालु स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । सपोर्ट एण्ड रेसिस्टेन्सको आधारमा नियाल्दा यो कम्पनीको सेयरमूल्य हाल प्रतिरोध नजिक पुगेको देखिन्छ । हाल प्रतिकित्ता ४६३ रुपैयाँ रहेको यो कम्पनीको सेयर भाउ यदि आगामी दिनमा पनि बढोत्तरी भएको खण्डमा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.