मंगलवार, भाद्र २४,२०८२ 03:26:30
  • मंगलवार, भाद्र २४,२०८२ 03:26:30
Global IME Bank Limited

यूनियन हाईड्रोपावरको सेयर मूल्य बुलिस सेन्टिमेन्टमा, कस्तो रहला अगामी यात्रा ?

Hyundai Nepal
यूनियन हाईड्रोपावरको सेयर मूल्य बुलिस सेन्टिमेन्टमा,  कस्तो रहला अगामी यात्रा ?
Shivam Cement

काठमाण्डौ । यूनियन हाइड्रोपावर पब्लिक लिमिटेड कम्पनी नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत हाईडो समूहको कम्पनी हो । यो कम्पनी सन् २००७ मा लमजुङ्ग जिल्लामा स्थापित भएको ३ मेगावाटको कम्पनी हो । यो कम्पनीले सन् २०१८ देखि विद्युत उत्पादन सुरु गरेको थियो ।  

आधारभूत पक्षः  

गत आर्थिक बर्षको चौंथो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चूक्ता पूँजी ७५ करोड रुपैंया मात्रै रहेको छ । कम्पनीको जगेडा कोषमा ६६ लाख ८६ हजार रुपैंया रहेको छ । यस्तै कम्पनीको कूल पूँजी ७५ करोड ६६ लाख ८६ हजार रुपैंया रहेको छ । कम्पनीको खुद मूनाफा २ करोड ६२ लाख रुपैंयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ३.५ रुपैंयाँ, बुक भ्यालु १००.८९ रुपैंया रहेको छ भने रिर्टन अन इक्विटी ३.४७ प्रतिशत मात्रै रहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा  

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा यो कम्पनी हाल स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यदि कम्पनीको सेयर भ्यालु ० देखि २० सम्म रहेमा स्ट्रङ वियरिस सेन्टिमेन्ट, २० देखि ४० सम्म वियरिस सेन्टिमेन्ट , ४० देखि ६० सम्म न्यूट्रल सेन्टिमेन्ट , ६० देखि ८० सम्म बुलिस र ८० देखि १०० सम्म स्ट्रङ बुलिस सेन्टिमेन्ट रहेको मानिन्छ ।  

हाल यो कम्पनी ८० को तहमा स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यो भनेको कम्पनीको सेयर भाउमा लगानीकर्ताहरुको अधिक आकर्षण रहेको छ भन्ने हो ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको सेयर भ्यालु हाल अपर ब्याण्डमा चलेको देखिन्छ । अपर ब्याण्डमा बुलिस प्रकृतिका क्याण्डलहरु बनेका छन् । त्यसैगरि, म्याक्डीमा केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकारात्मक र लामा–लामा नै रहेका छन् । आरएसआई ओभर बट जोन ७० मा चलेको छ । विभिन्न इन्डिकेटरबाट नियाल्दा यो कम्पनी हाल बुलिस सेन्टिेमेन्टमा चलेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ५१२

प्रतिरोध २ – ४७६

प्रतिरोध १–  ४५४

पिभट् प्वइन्टः ४१८

घटेमा सपोर्ट

सपोर्ट १– ३९६

सपोर्ट २– ३६०

सपोर्ट  ३ –३३८

निष्कर्षः आधारभूत रुपमा यो कम्पनी खासै मजबुत देखिदैन । प्रतिसेयर आम्दानी ३.४७ रुपैंया मात्रै रहेको यो कम्पनीको बुक भ्यालु १००.८९ रुपैंया मात्रै रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी ३.४७ प्रतिशत मात्रै रहेको छ ।  

कम्पनीको सात प्रतिशत सेयर सर्वसाधारणमा परिणत भईसकेको छ । प्राविधिक रुपमा भने यो कम्पनीको सेयर भ्यालु स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । सपोर्ट एण्ड रेसिस्टेन्सको आधारमा नियाल्दा यो कम्पनीको सेयरमूल्य हाल प्रतिरोध नजिक पुगेको देखिन्छ । हाल प्रतिकित्ता ४६३ रुपैयाँ रहेको यो कम्पनीको सेयर भाउ यदि आगामी दिनमा पनि बढोत्तरी भएको खण्डमा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.