बुधबार, असार १०,२०८३ 06:27:09
Bizshala
  • बुधबार, असार १०,२०८३ 06:27:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अर्थमन्त्रीलाई बधाई दिदै लगानीकर्ताले भने, ‘पूँजीबजारको दायरा विस्तार गरी अर्थतन्त्रको संवाहक बन्नेमा ढुक्क छौं’

Laxmi Sunrise Bank Limited
अर्थमन्त्रीलाई बधाई दिदै लगानीकर्ताले भने, ‘पूँजीबजारको दायरा विस्तार गरी अर्थतन्त्रको संवाहक बन्नेमा ढुक्क छौं’

काठमाण्डौ । विभिन्न ४ वटा लगानीकर्ता संगठनले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाललाई बधाई ज्ञापन गरेका छन् । जनरल इन्भेष्टर एशोसियसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल र नेपाल धितोपत्र लगानीकर्ता संघले एक संयुक्त विज्ञप्ती जारी गर्दै अर्थमन्त्री खनाललाई बधाई दिएका हुन् ।  

‘जेनजी आन्दोलनबाट सिर्जित नवीन राजनीतिक परिवेशमा गठित नेपाल सरकारको अर्थमन्त्री जस्तो गरिमामय एवं रणनीतिक जिम्मेवारीमा यहाँको नियुक्ति भएकोमा हामी पूँजीबजारसँग सम्बन्धित प्रमुख चार लगानीकर्ता संघ÷संगठनहरूको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौं, विज्ञप्तीमा भनिएको छ, ‘यहाँको बौद्धिक प्रखरता, नीतिगत मामिलामा गहिरो अनुभव र विशेषगरी नेपालको पुँजीबजारप्रति यहाँले राख्नुभएको सुस्पष्ट एवं सकारात्मक दृष्टिकोणले समग्र लगानीकर्ता समुदाय तथा आर्थिक क्षेत्रलाई नै आशावादी बनाएको छ ।’

आम नागरिक र नयाँ पुस्ताको भरोसामा स्थापित सरकारको आर्थिक नीतिको नेतृत्व गर्ने यो अवसर, राष्ट्रको आर्थिक भविष्यलाई नयाँ युगमा प्रवेश गराउने एक महत्वपूर्ण क्षण भएको बताउँदै लगानीकर्ताले अर्थमन्त्री खनालको गहन ज्ञान र विगतका सफल अनुभवले विद्यमान आर्थिक चुनौतीहरूलाई चिर्दै एक सुदृढ र गतिशील अर्थतन्त्र निर्माणको मार्ग प्रशस्त गर्नेमा पूर्ण विश्वस्त रहेको बताएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

विज्ञप्तीमा खनालको नेतृत्वदायी कार्यकालमा निम्न विषयहरूले प्राथमिकता पाउनेछन् भन्नेमा विश्वास व्यक्त गरिएको छ ः  

(क) अर्थतन्त्रको संरचनात्मक सुधारः लामो समयदेखिको आर्थिक शिथिलता तोड्दै, उत्पादनशील क्षेत्रमा लगानी प्रवर्द्धन गरी अर्थतन्त्रलाई एक नयाँ र दिगो मार्गमा डोर्याउन आवश्यक नीतिगत सुधारहरू हुनेछन् ।  

(ख) पूँजीबजारको विकास र सुदृढीकरणः पूँजीबजारमा विद्यमान नीतिगत अस्पष्टता र विसङ्गतिहरूलाई अन्त्य गरी यसलाई थप पारदर्शी, प्रविधिमैत्री र लगानीकर्तामैत्री बनाउन ठोस पहल हुनेछ । साना तथा ठूला सबै लगानीकर्ताको हित संरक्षण गर्दै बजारको दायरा विस्तार र आधुनिकीकरण मार्फत यसलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख संवाहकको रूपमा स्थापित गरिनेछ ।

(ग) युवा आकांक्षा र आर्थिक नीतिः देशको आर्थिक नीति तर्जुमा गर्दा जेनजी पुस्ताले परिकल्पना गरेको न्यायपूर्ण, समावेशी र समृद्ध नेपालको सपनालाई मूर्तरुप दिन विशेष ध्यान दिइनेछ ।

खनालको कुशल एवं दूरदर्शी नेतृत्वमा देशको आर्थिक भविष्य समुज्ज्वल बन्नेमा विश्वास व्यक्त गर्दै आम नागरिकले आर्थिक समृद्धिको सार्थक अनुभूति गर्न पाउनेछन् भन्ने साझा विश्वास व्यक्त गरेका छन् । ‘राष्ट्रिय अर्थतन्त्र र पुँजीबजारको विकासका लागि सरकारसँग हातेमालो गर्न हामी सदैव तत्पर रहेको व्यहोरा समेत अवगत गराउन चाहन्छौं । यस महत्वपूर्ण जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्न यहाँलाई थप ऊर्जा र प्रज्ञा मिलोस् भन्ने कामनासहित सफल कार्यकालका लागि शुभकामना,’ विज्ञप्तीमा भनिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.