बुधबार, श्रावण ६,२०८३ 02:16:49
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 02:16:49
Bizshala
Global IME Bank Limited

दशैं–तिहार अफर: भाटभटेनीबाट किनमेल गर्दा टाटा पन्च ईभी जित्ने अवसर

दशैं–तिहार अफर: भाटभटेनीबाट किनमेल गर्दा टाटा पन्च ईभी जित्ने अवसर
New Office

काठमाण्डौ । भाटभटेनीबाट दशैं, तिहार र छठको अवसर पारेर सपिङ गर्दा टाटाको ‘पन्च ईभी’जित्न सकिने भएको छ।यो चाडपर्वको विशेष अवसरमा भाटभटेनीबाट किनमेल गर्ने ग्राहकले टाटाको ‘पन्च ईभी कार जित्न सक्ने मौका प्राप्त गर्ने भएका हुन्।

टाटाको बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङ र भाटभटेनीबीच सहकार्य गरी भाटभटेनीका ग्राहकहरूलाई चाडपर्वको अवसरमा सामान किन्दा कार जित्ने अवसर प्रदान गर्ने व्यवस्था मिलाइएको हो।  

‘भाटभटनीबाट किनमेल गरौं, टाटापन्च ईभी जितौं भन्ने नारासहित आएको यो स्कीमको लाभ पुषको १६ गतेसम्म भाटभटेनीमा सामान किनमेल गर्ने ग्राहकले लिन सक्नेछन्।

कम्पनीका अनुसार यस योजनामा सहभागी हुनका लागि ग्राहकले कम्तीमा २५ सय रुपैयाँबराबरको सामान भाटभटेनीबाट खरिद गर्नुपर्नेछ।खरिदको समय ग्राहकले प्राप्त गरेको बिलको आधारमा प्रणालीमा नाम दर्ता हुनेछ।त्यसपछि भाटभटेनीले लक्की ड्र मार्फत एक जना विजेताको चयन गरी पन्चईभी उपहार स्वरूप प्रदान गर्ने भाटभटेनीले जानकारी दिएको छ।

यस योजनाअन्तर्गत देशभरका सबै भाटभटेनीका शाखाबाट २५०० वा बढी सामान खरिद गर्ने ग्राहकहरूले स्वतः यो योजनामा सहभागी हुन पाउने छन् ।  

साथै,भाटभटेनीबाट सामान किन्दा मात्रै होइन नेपाल पेबाट क्यूआर गरी सामानको मूल्य तिर्दा पनि एकजना भाग्यशाली ग्राहकले टाटाको पन्चईभी कार जित्न सक्ने भाटभटेनीले बताएको छ। र, नेपालपेबाटै क्यूआर गरी सामानको मूल्य तिर्ने १६ जना भाटभटेनीका ग्राहकले टीभीएसको स्कुटर पनि जित्न सक्ने बताइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.