मंगलवार, आश्विन १३,२०८३ 05:55:19
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 05:55:19
Bizshala
Global IME Bank Limited

नेप्सेको चार्टमा बियरिस मारुबुजु क्याण्डल, कति–कतिमा छ बलियो सपोर्ट ?

Bizshala
नेप्सेको चार्टमा बियरिस मारुबुजु क्याण्डल, कति–कतिमा छ बलियो सपोर्ट ?
New Office

काठमाण्डौ । आजबजारमा दिनभर घटेर नै कारोबार भयो । कारोबारको पहिलो प्रहरबाट नै घट्न थालेको बजार अन्त्यसम्म नै घट्ने क्रमले निरन्तरता पायो । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आज बियरिस मारुबुजु क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । यदि तल–माथी धागो बिनाका रातो क्याण्डल बन्छ भने त्यसलाई बियरिस मारुबुजु क्याण्डल र हारियो क्याण्डल बन्छ भने त्यसलाई बुलिस मारुबुजु क्याण्डल भनिन्छ ।  

आज बजार घट्दा अघिल्लो दिनको तुलानमा कारोबार भने केही बढेको छ । बजार घट्दा कारोबार बढ्नुलाई खासै राम्रो संकेत मानिदैन । डेलीबेसमा बोलिङगर ब्याण्डबाट नियाल्दा केही समय पहिले तल्लो ब्याण्ड छोएर फर्केकोे बजार मध्य ब्याडलाई ब्रेक गरेर माथी जान सकेन । म्याक्डीमा वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आरएसआई ओभर सोल्ड जोनबाट फर्केकोमा पुनः खस्न थालेको छ । समग्रमा बजारमा तिब्र बिक्री दबाब परेको देखिन्छ । बजारलाई डाउ थेउरीबाट नियाल्दा लोअर हाई र लोअर लो का सिरिज बन्दै गरेको देखिन्छ । जसले बजारमा वियारिस यात्रा बन्दै गरेको देखिन्छ । बजारलाई सपोेर्ट एण्ड रेसिस्ट्यान्सबाट नियाल्दा आज २६०४ विन्दुमा बन्द भएको बजारले घटेमा २५८० विन्दु आसपास बलियो सपोर्ट लिन सक्छ । 

त्यसैगरि, त्यहाँबाट पनि तल खसेमा भने बजारले २४४० देखि २४६० विन्दु आसपामा बलियो सपोट लिन सक्छ । बढेमा भने बजारले २६७८ र २७८० विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।  

आरएसआई ओभर सोल्ड जोनबाट फर्केकोमा पुनः खस्न थालेको छ । समग्रमा बजारमा तिब्र बिक्री दबाब परेको देखिन्छ । बजारलाई डाउ थेउरीबाट नियाल्दा लोअर हाई र लोअर लो का सिरिज बन्दै गरेको देखिन्छ । 

जसले बजारमा वियारिस यात्रा बन्दै गरेको देखिन्छ । बजारलाई सपोेर्ट एण्ड रेसिस्ट्यान्सबाट नियाल्दा आज २६०४ विन्दुमा बन्द भएको बजारले घटेमा २५८० विन्दु आसपास बलियो सपोर्ट लिन सक्छ । 

त्यसैगरि, त्यहाँबाट पनि तल खसेमा भने बजारले २४४० देखि २४६० विन्दु आसपामा बलियो सपोट लिन सक्छ । बढेमा भने बजारले २६७८ र २७८० विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.