सोमबार, श्रावण १८,२०८३ 05:44:11
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 05:44:11
Bizshala
Global IME Bank Limited

म्यानमारमा बौद्ध उत्सवका क्रममा प्याराग्लाइडरबाट बम आक्रमण, २४ जनाको मृत्यु

म्यानमारमा बौद्ध उत्सवका क्रममा प्याराग्लाइडरबाट बम आक्रमण, २४ जनाको मृत्यु
New Office

काठमाण्डौ । मध्य म्यानमारमा एक धार्मिक उत्सव र प्रदर्शनका क्रममा मानिसहरूमाथि प्यारामोटर आक्रमण भएको छ यस हमलामा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।

पिपुल्स डिफेन्स फोर्सका स्थानीय अधिकारीले सोमबार साँझ चाउङ–यु टाउनशिपमा भएको थाडिङयुत महोत्सवमा करिब १०० जना सहभागी भएको बताए । यो पर्व बुद्ध धर्मसँग जोडिएको छ । अधिकारीका अनुसार सो क्रममा मोटर चालित प्याराग्लाइडरबाट भीडमा दुईवटा बम खसालेका थिए । यस पर्वमा जनजातिको नीतिको विरोधमा मैनबत्ती बालेर प्रदर्शन समेत गरिएको थियो ।

म्यानमारमा सन् २०२१ मा भएको सैनिक विद्रोहपछि गृहयुद्धको अवस्थामा रहेको छ। यस द्वन्द्वमा हालसम्म ५ हजारभन्दा बढी सर्वसाधारण मारिएको संयुक्त राष्ट्रसंघको अनुमान छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.