काठमाण्डौ । अर्थ मन्त्रालयले धितोपत्र बोर्डको सञ्चालक सदस्यमा हेरफेर गरेको छ । अर्थ मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार अर्थ मन्त्रायबाट हुने प्रतिनिधित्वमा यसअघिका महेश बरालको स्थानमा उत्तर खत्रीलाई पठाइको हो ।
धितोपत्र बोर्डमा अध्यक्षबाहेक ६ जना सदस्य रहने गर्छन । जसमा अर्थ मन्त्रालय , कानून मन्त्रालय , नेपाल राष्ट्रबैंक , नेपाल चार्टड एकाउण्टेन्ट संस्था ,एफएनसीसीआई तथा एक जना विज्ञ सदस्य गरेर ६ जनाको प्रतिनिधित्व हुने गर्छ । हाल सबै सदस्य नियुक्त भएतापनि विज्ञ सदस्यको पद भने रिक्त अवस्थामा रहेको छ ।