आईतवार, आश्विन ४,२०८३ 11:47:53
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 11:47:53
Bizshala
Global IME Bank Limited

हमासले गाजामा तैनाथ गर्यो ७ हजार लडाकु , यस्तो छ कारण

हमासले गाजामा तैनाथ गर्यो ७ हजार लडाकु , यस्तो छ कारण
New Office

काठमाण्डौ । हमासले गाजामा आफ्ना करिब ७ हजार सदस्यलाई पुनः परिचालन गरेको छ । स्थानीय स्रोतहरूका अनुसार यसको उद्देश्य इजरायली सेनाले हालै पछि हटेको क्षेत्रहरूमा पुनः आफ्नो नियन्त्रण कायम गर्ने हो।

यसका साथै हमासले पाँच नयाँ गभर्नरहरू पनि नियुक्त गरेको छ, ती तीनैजना सैन्य पृष्ठभूमिका हुन् । तिमध्ये केहीले पहिले हमासको सशस्त्र शाखामा ब्रिगेडहरू कमान्ड गरेका थिए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

रिपोर्टका अनुसार हमासले फोन कल र टेक्स्ट म्यासेजमार्फत यो आदेश जारी गरेको हो । सन्देशमा यसको उद्देश्य गाजालाई अपराधी र इजरायलका सहयोगीहरूबाट मुक्त गराउनु रहेको जनाइएको छ। लडाकुलाई २४ घण्टाभित्र रिपोर्ट गर्न भनिएको छ ।

गाजाबाट प्राप्त रिपोर्टहरूका अनुसार हमासका सशस्त्र सेना धेरै क्षेत्रमा तैनाथ भइसकेको छ। कोही नागरिक पोशाकमा र कोही गाजा प्रहरीको निलो वर्दीमा देखिएका थिए । गाजा शहरको साबरा क्षेत्रमा हमासको विशेष टोलीका दुई सदस्यलाई दुग्मास जनजातिका बन्दुकधारीहरूले गोली हानेपछि तनाव बढेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.