काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ६ अर्ब ७० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने ७ वटाबाट मात्रै उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकहरुमा भृकुटी स्टक ब्रोकिङ कम्पनी, नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, एबीसी सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् । त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा प्रिमियर सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र श्रीहरि सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा भृकुटी स्टक ब्रोकिङ रहेको छ । उक्त कम्पनीबाट आज मात्रै ८९ करोड ७९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५५.५५ प्रतिशत सेयर खरिद र ४४.४५ प्रतिशत सेयर बिक्री भएको छ ।
