काठमाण्डौ । सन् २०२५ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्री जोएल मोकिर, फिलिप एघियन र पिटर होविटलाई प्रदान गरिएको छ । रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले यी तीन अर्थशास्त्रीलाई आर्थिक विकासको ‘नयाँ व्याख्या’ गरेको भन्दै यो पुरस्कार प्रदान गरिएको जनाएको छ ।
संयुक्त राज्य अमेरिकाको नर्थवेस्टर्न युनिभर्सिटीका जोएल मोकिरलाई प्राविधिक विकासको माध्यमबाट दिगो विकासका लागि पूर्व शर्तहरू पहिचान गरेकोमा पुरस्कार प्रदान गरिएको छ।
त्यसैगरी द लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सका फिलिप एघियन र अमेरिकाको ब्राउन युनिभर्सिटीका पिटर होविट दुवैलाई ‘क्रिएटिभ डिस्ट्रक्शन थ्रु डेभलपमेन्टको सिद्धान्त’का लागि यो अवार्ड प्रदान गरिएको छ ।
रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले तीन अर्थशास्त्रीहरूले नयाँ प्रविधिले कसरी वृद्धिलाई गति दिन सक्छ भनेर देखाएको जनाएको छ।