काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ३ अर्ब ३६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र भृकुटी स्टक ब्रोकिङ कम्पनी रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, श्रीहरि सेक्युरिटिज र सन सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै ३६ करोड ७० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५२.९० प्रतिशत सेयर खरिद भएको छ भने ४७.१० प्रतिशत सेयर बिक्री भएको छ ।
