बुधबार, असार १०,२०८३ 09:49:24
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:49:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा एक वर्षपछि कै न्यून कारोबार, अबको सम्भावना कस्तो ?

Laxmi Sunrise Bank Limited
नेप्सेमा एक वर्षपछि कै न्यून कारोबार, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । आज बजार दिनभर सामान्य नै रह्यो । बजार खुलेदेखि नै बिक्री दबाब देखिन्थ्यो । आजको ४ घण्टाको कारोबारलाई नियाल्दा अन्तिम आवरमा बजारमा बिक्री दबाब देखियो ।  

यसले बजारमा केही फोर्स सेल पनि हुन सक्ने सम्भावना रहन्छ । आज बजार असोज २ गतेपछिकै तल्लो विन्दु आएको देखिन्छ । कारोबारबाट नियाल्दा आज आज ठिक एक वर्ष अघि असोज २९ गते पछिकै न्यून कारोबार भएको छ । त्यो समयमा ३ अर्ब बढीको कारोाबार भएको थियो । आज भने बजारमा ३ र्ब १० कारोडको कारोबार भएको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार तल्लो विन्दुमा चलेको देखिन्छ ।

New Office
CG Motors
Garima Development Bank

म्याक्डीमा पनि वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । पछिल्लोपटक लगातार घटेको बजारले प्राविधिक रुपमा बजारमा इन्ट्री गर्ने कन्फर्मेशन भने दिएको छैन । तर पनि कारोबार सपोर्ट विन्दुमा निकै कम हुँदै गएको कारण सम्भावित रुपमा बजारले युटर्न लिन पनि सक्छ ।  

बजारले २५०० , २४८० र २४६० का विन्दुहरुमा बलियो सपोर्ट लिन सक्ने पनि देखिन्छ । बजारलाई आरएसआई र एमएफआइबाट नियाल्दा ओभर सोल्ड जोन नजिक रहेका छन् । यसले बजार अधिक बिक्री दबाबमा चल्दै गरको मान्न सकिन्छ । कारोबारबाट नियाल्दा बजारमा बिस्तारे बिक्रीकर्ता हराउँदै गरको कारण कुनै पनि समय युटर्न लिन पनि सक्छ ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लगि सिफारिस भने होइन ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.