बिहीबार, आश्विन ३०,२०८२ 11:44:36
IME remit
  • बिहीबार, आश्विन ३०,२०८२ 11:44:36
IME remit
Global IME Bank Limited

जेनजी आन्दोलनमा भाटभटेनीको कुन शाखामा कति क्षति भयो ? आयोगमा पुग्यो उजुरी

Hyundai Nepal
जेनजी आन्दोलनमा भाटभटेनीको कुन शाखामा कति क्षति भयो ? आयोगमा पुग्यो उजुरी
Shivam Cement

काठमाण्डौ । २३ र २४ भदौमा देशभर भएका हिंसात्मक घटनामा भाटभटेनी सुपरमार्केट सबैभन्दा बढी प्रभावित भएको छ। घटनापछि क्षति विवरणसहित दर्ता गरिएको उजुरी अनुसार, कम्पनीले करिब ११ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको दाबी गरेको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

स्टोरहरूमा व्यापक क्षति र चोरी

भाटभटेनीले आफ्नो उजुरीमा जनाएको छ कि १२ वटा स्टोर पूर्ण रूपमा नष्ट भएका छन् भने थप ८ स्टोरमा आंशिक क्षति भएको छ। करिब ५० करोड रुपैयाँभन्दा बढीको सामग्री चोरी हुनुका साथै सामान प्रयोगयोग्य नहुने गरी तोडफोड भएको उजुरीमा उल्लेख छ।

कम्पनीले भनिएको छ कि प्रारम्भमा स्टोरहरूमा प्रवेश गरेका प्रदर्शनकारीहरूले सजिलै लैजान सकिने सामानहरू चोरी गरेका थिए। केही फुटेजहरू सीसी क्यामेरामा रेकर्ड पनि भएका थिए। तर भीड बढेपछि कम्पनीले रेकर्ड राख्न नसक्दा ज्यान जोगाउनेतर्फ ध्यान केन्द्रित गर्नुपरेको उल्लेख छ।

“डिपार्टमेन्ट स्टोरमा प्रवेश गरेका प्रदर्शनकारीहरूले सुरुमा लुटपाट गरे। केही स्थानीय र धेरै बाहिरका मानिसहरू सहभागी थिए। कतिपय प्रदर्शनकारी मास्क लगाएका थिए। भीड बढेपछि हामीले रेकर्ड राख्न सकेनौं,” उजुरीमा भनिएको छ।

लुटपाट र आगजनी योजनाबद्ध

भाटभटेनीले उजुरीमा केही स्टोरमा लुटपाट योजनाबद्ध भएको र आगजनी व्यवस्थित तरिकाले गरिएको उल्लेख गरेको छ।

“सबै स्टोरमा एउटै तरिकाले चोरी, आगजनी र तोडफोड गरिएको देखिन्छ। यसमा विभिन्न समूहका आपराधिक व्यक्तिहरूको संलग्नता स्पष्ट छ,” उजुरीमा भनिएको छ।

CG Motors
Muktinath Bikas Bank Limited

स्टोरअनुसार क्षतिको विवरण

स्टोरक्षति रकम (रुपैयाँ)
बालुवाटार१ अर्ब १ करोड ९३ लाख ८९ हजार
महाराजगञ्ज१ अर्ब ६ करोड ६० लाख
बौद्ध८५ करोड ४२ लाख ८५ हजार
कोटेश्वर९५ करोड ९२ लाख ६३ हजार
पोखरा६९ करोड ८४ लाख ३० हजार
हेटौंडा७० करोड ४३ लाख ७८ हजार
धरान५४ करोड ६२ लाख १७ हजार
विराटनगर७५ करोड ७३ लाख १२ हजार
दमक९१ करोड १९ लाख २४ हजार
बालाजु८१ करोड ४ लाख २१ हजार
कलंकी८ करोड २१ लाख ६५ हजार
ठिमी९ करोड ७७ हजार
भैरहवा७ करोड २७ लाख ५३ हजार
वुटवल६ करोड १२ लाख ५१ हजार
धनगढी४० लाख ९० हजार
इटहरी९ करोड ३ लाख २ हजार
वीरगन्ज३ करोड ७१ हजार
जनकपुर३ करोड ४२ लाख ५१ हजार

कुल क्षति: १० अर्ब ५ करोड ६७ लाख ९ हजार ८ सय ५४ रुपैयाँ

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.