काठमाण्डौ । आज दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सिटिजन्स बैंक इन्टरनेशनल र सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
यी दुवै बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कात्तिक १७ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी दुई कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
सिटिजन्स बैंक इन्टरनेशनलले गत आवका लागि ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।
यस्तै सिद्धार्थ बैंकले ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) समेत) वितरण गर्ने प्रस्ताव गरेको छ ।

