काठमाण्डौ । चालु आवको पहिलो त्रैमाससम्म कालिका लघुवित्तले २ करोड ३ लाख खुद नाफा आर्जन गरेको छ । संस्थाले आज सर्वाजनिक गरेको त्रैमासिक वित्तीय विवरण अनुसार यो नाफा रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १९.६२ प्रतिशतले बढी हो ।
अघिल्लो आवको पहिलो त्रैमासमा भने संस्थाले १ करोड ७० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
संस्थाले पहिलो त्रैमाससम्म १० करोड ८७ लाख रुैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवमा संस्थाले आर्जन गरेको ८ करोड २८ लाखको तुलनामा ३१.२३ प्रतिशतले बढी हो । ।
संस्थाले १ करोड ३१ लाख रुपैयाँबराबरको अन्य सञ्चालन आम्दानी गरेको छ ।
संस्थाको खुद सञ्चालन आम्दानी ११ करोड ३० हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन खर्च २०.५४ प्रतिशतले बढेर ८ करोड १० लाख रुपैयाँ पुगेको छ ।
४० करोड ७६ लाख रुपैयाँ चुक्तापूँजी भएको संस्थाको रिटेन्ड अर्निङ ७ करोड ३६ लाख रुपैयाँ र रिजर्भ २९ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।
संस्थाको निक्षेप संकलन १ अर्ब ६६ करोड र कर्जा प्रवाह ४ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवसम्म ४.२४ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ६.४० प्रतिशत कायम भएको छ ।
समीक्षा अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा ६ करोड १९ लाख र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी १५।१९ रुपैयाँ रहेको छ ।
यस्तै संस्थाको प्रतिसेयर आम्दानी १९.९६ रुपैयाँ रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १९१.५१ रुपैयाँ रहेको छ

