बुधबार, असार १०,२०८३ 04:07:44
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:07:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कालिका लघुवित्तको नाफा १९ प्रतिशतले वृद्धि, ईपीएस कति ?

Laxmi Sunrise Bank Limited
कालिका लघुवित्तको नाफा १९ प्रतिशतले वृद्धि, ईपीएस कति ?

काठमाण्डौ । चालु आवको पहिलो त्रैमाससम्म कालिका लघुवित्तले २ करोड ३ लाख खुद नाफा आर्जन गरेको छ । संस्थाले आज सर्वाजनिक गरेको त्रैमासिक वित्तीय विवरण अनुसार यो नाफा रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १९.६२ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको पहिलो त्रैमासमा भने संस्थाले १ करोड ७० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

संस्थाले पहिलो त्रैमाससम्म १० करोड ८७ लाख रुैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवमा संस्थाले आर्जन गरेको ८ करोड २८ लाखको तुलनामा ३१.२३ प्रतिशतले बढी हो ।  । 

New Office
CG Motors
Garima Development Bank

संस्थाले १ करोड ३१ लाख रुपैयाँबराबरको अन्य सञ्चालन आम्दानी गरेको छ ।  

संस्थाको खुद सञ्चालन आम्दानी ११ करोड ३० हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन खर्च २०.५४ प्रतिशतले बढेर ८ करोड १० लाख रुपैयाँ पुगेको छ ।  

४० करोड ७६ लाख रुपैयाँ चुक्तापूँजी भएको संस्थाको रिटेन्ड अर्निङ ७ करोड ३६ लाख रुपैयाँ र रिजर्भ २९ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।  

संस्थाको निक्षेप संकलन १ अर्ब ६६ करोड र कर्जा प्रवाह ४ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवसम्म ४.२४ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ६.४० प्रतिशत कायम भएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा ६ करोड १९ लाख र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी १५।१९ रुपैयाँ रहेको छ ।  

यस्तै संस्थाको प्रतिसेयर आम्दानी १९.९६ रुपैयाँ रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १९१.५१ रुपैयाँ रहेको छ

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.