मंगलवार, फाल्गुन २६,२०८२ 06:21:44
Bizshala
  • मंगलवार, फाल्गुन २६,२०८२ 06:21:44
Bizshala
Global IME Bank Limited

मोदी इनर्जीको घाटा १.३१ करोडबाट बढेर ४.११ करोड पुग्यो, आम्दानीमा ३६% को गिरावट

Hyundai Nepal
मोदी इनर्जीको घाटा १.३१ करोडबाट बढेर ४.११ करोड पुग्यो, आम्दानीमा ३६% को गिरावट
Shivam Cement

काठमाण्डौ । मोदी इनर्जी लिमिटेडको घाटा झनै फराकिलो बनेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनी ४ करोड ११ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ३१ लाख रुपैयाँ घाटामा थियो ।  

विद्युत बिक्रीमार्फत कम्पनीले ८ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३६.८७ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत १४ करोड १७ लाख रुपैयाँ आर्जन गरेको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो अवधिसम्म कम्पनी प्रशासनिक बिक्री तथा वितरण खर्च घटाउन सफल भएको छ । कम्पनीले प्रशासनिक बिक्री तथा वितरण शीर्षकमा १० लाख ९६ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवमा भने यस्तो खर्च १४ लाख ९८ हजार रुपैयाँ थियो ।    

कम्पनीको वित्त खर्च पनि २८.०७ प्रतिशतले घट्दै ६ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको सञ्चालन मुनाफामा ३६.९८ प्रतिशतले घटेको छ । कम्पनीको सञ्चालन मुनाफा ८ करोड ८३ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिर्जभ १ अर्ब १६ करोड पैयाँ ऋणात्मक अवस्थामा छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक इपीएस)५.६८ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ ५९.७९ रुपैयाँ, तरलता अनुपात ०.३१ प्रतिशत र मूल्य आम्दानी अनुपात ४७.३७ गुणा ऋणात्मक अवस्थामा रहेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.