काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको हिमस्टार उर्जा कम्पनीले चालु आव २०८२÷८३ को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । जसअनुसार कम्पनीले यो अवधिमा ५ लाख ५२ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनमा १८७३३.७४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले जम्मा २ हजार ९३४ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले विद्युत बिक्रीमार्फत ३ करोड ६० लाख कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा ४०.५९ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ६ करोड ६ लाख रुपैयाँबराबरको विद्युत बिक्री गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीले ५ लाख ३७ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ । ३७ करोड ३० लाख रुपैयाँ चुक्तापूँजी भएको यो कम्पनीको कुल चालु सम्पत्ति ९ करोड ५६ लाख र कुल चालु दायित्व १३ करोड ७५ लाख रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) वार्षिकीकरण गरिएको ०.५९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९८.३८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४३.४९ रुपैयाँ र तरलता अनुपात ०.७० प्रतिशत कायम भएको छ ।

