आईतवार, फाल्गुन १०,२०८२ 03:23:33
Bizshala
  • आईतवार, फाल्गुन १०,२०८२ 03:23:33
Bizshala
Global IME Bank Limited

हिमस्टार उर्जाको नाफा ५.५२ लाख, ईपीएस जम्मा ०.५९ रुपैयाँ

हिमस्टार उर्जाको नाफा ५.५२ लाख, ईपीएस जम्मा ०.५९ रुपैयाँ
Shivam Cement

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको हिमस्टार उर्जा कम्पनीले चालु आव २०८२÷८३ को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । जसअनुसार कम्पनीले यो अवधिमा ५ लाख ५२ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनमा १८७३३.७४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले जम्मा २ हजार ९३४ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले विद्युत बिक्रीमार्फत ३ करोड ६० लाख कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा ४०.५९ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ६ करोड ६ लाख रुपैयाँबराबरको विद्युत बिक्री गरेको थियो ।  

समीक्षा अवधिमा कम्पनीले ५ लाख ३७ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ । ३७ करोड ३० लाख रुपैयाँ चुक्तापूँजी भएको यो कम्पनीको कुल चालु सम्पत्ति ९ करोड ५६ लाख र कुल चालु दायित्व १३ करोड ७५ लाख रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) वार्षिकीकरण गरिएको ०.५९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९८.३८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४३.४९ रुपैयाँ र तरलता अनुपात ०.७० प्रतिशत कायम भएको छ ।     

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.