काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा श्रीराम बास्तोला नियुक्त भएका छन् । मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बाँकी कार्यकालका लागि बास्तोलालाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो ।
यस्तै उक्त बैठकले यसअघिका स्वतन्त्र सञ्चालक प्रकृति राज तिम्सिनाको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

