आईतवार, असार १४,२०८३ 10:05:28
Bizshala
  • आईतवार, असार १४,२०८३ 10:05:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा हस्तान्तरण

Laxmi Sunrise Bank Limited
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा हस्तान्तरण

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ । मंसिर १५ गते आयोजित बेग्ला बेग्लै कार्यक्रममा इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई र इलाम नगरपालिकाका मेयर केदार थापालाई न्यानो कपडा हस्तान्तरण गरिएको हो ।

New Office
CG Motors
Garima Development Bank

दुबै कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले न्यानो कपडा हस्तान्तरण गरे । सूर्योदय नगरपालिकाका बाढी पहिरो प्रभावितका लागि बैंकका तर्फबाट ३५० वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित सात बोरा न्यानो कपडा तथा इलाम नगरपालिकाका बाढीपहिरो प्रभावितका लागि बैंकका तर्फबाट १७५ वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित पाँच बोरा न्यानो कपडा हस्तान्तरण गरिएको हो । 

सांग्रिला डेभलपमेन्ट बैंकको स्थापना दिवसको अवसरमा इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा प्रदान गर्ने घोषणा गरिए अनुसार न्यानो कपडा हस्तान्तरण गरिएको हो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.