आईतवार, फाल्गुन ११,२०८१ 02:07:25
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:07:25
IME remit
Global IME Bank Limited

अर्थतन्त्रमा ‘मूभमेन्ट’ सुरु भएको हो ?विश्लेषक भन्छन्–‘अझै २–३ हप्ता कुरौं’

Hyundai Nepal
अर्थतन्त्रमा ‘मूभमेन्ट’ सुरु भएको हो ?विश्लेषक भन्छन्–‘अझै २–३ हप्ता कुरौं’
Nabil Bank Limited

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा बिस्तारै कर्जाको माग बढ्न थालेको छ । 

चाडपर्व नजिकिदै गर्दा व्यवसायीहरुले विभिन्न मालसामान आयात गर्ने अग्रसरता देखाउँदा त्यसले बैंकहरुको कर्जा प्रवाहमा थोरै भए पनि ‘मुभमेन्ट’ सुरु भएको देखाएको छ । तर, अब अर्थतन्त्र नै भाइब्रेन्ट हुने गरी कर्जाको माग ह्वात्तै बढ्यो भनिहाल्ने अवस्था भने छैन । 

सरकारले केही साताअघिदेखि सबैखालका जग्गाको कित्ताकाट खुल्ला गरेपछि रियलस्टेट क्षेत्रमा चहलपहल सुरु भइसकेको छ । यही बीचमा नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत साना घरजग्गा कर्जाहरुमा केही खुकुलो व्यवस्था गरिदिएको छ । यहीकारण बैंक तथा वित्तीय संस्थाहरुले समेत घरजग्गा कर्जामा फोकस गरेका छन् । यसले समेत कर्जाको माग बढेको देखिएको जानकारहरु बताउँछन् । 

अर्थतन्त्र चलायमान बनाउने एउटा महत्वपूर्ण क्षेत्र सेयर बजार सुस्ताएको सूस्तायै छ । यो क्षेत्रमा लगानी गर्नेहरु प्यानिक बन्दा यसले समग्र आर्थिक गतिविधिमा गम्भीर असर पारेको छ ।

यता, चालु पूँजी मार्गदर्शनमा राष्ट्रबैंकले गरेको संसोधनले व्यापारी व्यवसायीमा थोरै भए पनि मनोबल बढाउने काम गरेको छ । तर, समग्र बजारमा फिल नै हुने गरी देखिएको स्लोडाउनमा तत्काल चमात्कारिक सुधार हुने अवस्था विश्लेषकहरु देख्दैनन् । 

यसकारण अहिले नै ‘अर्थतन्त्रले गति लियो’ वा ‘अब स्लोडाउन कम भयो’ भन्न नमिल्ने उनीहरुको तर्क छ । 

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कर्जाको माग साउनको तुलनामा भदौमा बढ्न थालेको बताए । ‘माग बढे पनि मानिसहरु उच्च ब्याजदरका कारण अझै द्विविधामा देखिन्छन् ।’ श्रेष्ठले बिजशालासँग भने–‘ऋण लिन चाहनेहरु अझै पनि पर्ख र हेरमै छन् । असोज पहिलो सातादेखि चाहिँ राम्रै चहलपहल सुरु होला कि ?’

नवील बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले चाडपर्व नजिकिएका कारण ट्रेडिङ र इम्पोर्ट टाइपका कर्जाको माग बढेको बताए । ‘फेस्टिभ सिजनका कारण त्यस्ता कर्जाको माग बढेको देखिन्छ । तर अझै पनि नोटिसेबल ढङ्गले माग बढिसकेको अवस्था होइन ।’ उनले थपे–‘घरजग्गा कर्जामा पनि सामान्य बढोत्तरी भएको छ । फिल हुने गरी चाहिँ अझै भएको छैन ।’ 

विकास बैंकका सीइओहरुको छाता संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसनका उपाध्यक्ष तथा महालक्ष्मी विकास बैंकका सीइओ बोधराज त्रिपाठीले समेत कर्जाको माग बिस्तारै बढ्न थाले पनि उल्लेख्य भने नरहेको बताए । ‘अब चाहिँ बिस्तारै बढ्ने अपेक्षा गर्न सकिन्छ । तर अहिले नै अर्थतन्त्र नै भाइब्रेन्ट हुने गरी माग बढेको अवस्था होइन ।’ उनले भने । 

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले साउनमा नेगेटिभ रहेको कर्जा र निक्षेप भदौमा पोजिटिभ बनेको उल्लेख गरे । ‘तर, यो ८–१० वर्षअघिदेखिकै ट्रेण्ड हो।’–उनले भने । 

एनबीएको भदौ १५ गतेसम्मको डेटाअनुसार बैंकहरुमा २० अर्बले निक्षेप बढेको छ भने त्यसकै हाराहारीमा कर्जा पनि गएको छ । 

‘१५ दिनको अवधिमा बैंकहरुबाट २० अर्ब बराबरको कर्जा प्रवाह हुनु सामान्य कुरा हो । त्यसकारण यसलाई आधार मानेर अर्थतन्त्रमा मुभमेन्ट नै सुरु भइसक्यो भनिहाल्न हतारो हुन्छ ।’ उनले भने–‘तर भदौ अन्तिमसम्ममा केही न केही गति लिन्छ भन्ने हाम्रो अपेक्षा छ ।’ 

उनको भनाईमा यदि भदौ अन्तिम सातादेखि असोज पहिलो सातासम्ममा पनि लोनको मागमा उल्लेख्य बढोत्तरी हुनसकेन भने मुलुकमा साच्चिकै स्लोडाउन सुरु भएको मान्नुपर्नेछ ।

‘त्यसकारण अबको २–३ हप्ता हाम्रा लागि किनै सम्वेदनशील समय पनि हो ।’ उनले थपे–‘त्यसपछि पनि मुभमेन्ट सुरु भएन भने अर्थतन्त्रमा रियल स्लोडाउन सुरु भएको मान्नुपर्नेछ । त्यो भनेको निकै चिन्ताको विषय पनि हुनेछ ।’ 

Shivam Cement
CG Motors
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.