काठमाण्डौ। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ७५ करोढ ६० लाख रुपैयाँबराबरको प्रति सेयर रु.१०० अंकित दरका ७५ लाख ६० हजार कित्ता साधारण सेयरको १ः०.६ (अर्थात विद्यमान १ कित्ता साधारण सेयर बराबर नयाँ ०.६ कित्ता साधारण सेयरको अनुपातमा ४५ करोड ३६ लाख रुपैयाँबराबरको प्रति सेयर १०० अंकित दरका ४५ लाख ३६ हजार कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले हकप्रद सेयरका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
पुस ३ गते बिहीबार मुक्तिनाथ कृषि कम्पनी लिमिटेड बसुन्धारा, काठमाण्डौस्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौतापत्रमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।

