काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले दुईवटा कम्पनीलाई प्राप्ति गर्ने भएको छ । कम्पनीले एक्सेस इन्भेष्टमेण्ट कम्पनी प्रालि र मेघा भेन्चर प्रालिलाई प्राप्ति गर्न लागेको हो । पुस ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यी दुई कम्पनीलाई प्राप्ति गर्ने र साधारण सभाले गरेको निर्णय अनुसार प्रक्रिया अगाडि बढाउने तथा तिन वटै कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको हो ।
उक्त प्राप्ति प्रक्रिया मर्जर तथा एक्विजिसन नियमावली, २०७९ बमोजिम अगाड बढाइने कम्पनीले जनाएको छ । एक्सेस इन्भेष्टमेण्ट कम्पनी प्रालि र मेघा भेन्चर प्रालि कम्पनीको सेयरधनि मात्र रहेको र नेप्सेमा सुचिकृत नभएको समेत कम्पनीले उल्लेख गरेको छ ।

