शनिबार, बैशाख ५,२०८३ 04:27:17
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 04:27:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्वकै दोस्रो मूल्यवान् एसेट बन्यो चाँदी, एक वर्षमा १८५% ले बढ्यो मूल्य

Bizshala
विश्वकै दोस्रो मूल्यवान् एसेट बन्यो चाँदी, एक वर्षमा १८५% ले बढ्यो मूल्य
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य निरन्तर तीव्र गतिमा बढिरहेको छ। पछिल्लो कारोबारमा चाँदीको मूल्य उकालो लाग्दै पहिलो पटक ८२ अमेरिकी डलर प्रतिऔंसको स्तर पार गरेको छ। यससँगै चाँदीको कुल मार्केट क्याप ४.८५ ट्रिलियन अमेरिकी डलर पुगेको छ।

यस वृद्धिसँगै चाँदीले विश्वकै ठूला प्रविधि कम्पनीहरूलाई पनि पछि पारेको छ। हाल विश्वकै सबैभन्दा मूल्यवान् कम्पनीमध्ये एक एनभिडियाको मार्केट क्याप करिब ४.६३८ ट्रिलियन डलर रहेको छ। यसरी चाँदीले एनभिडियालाई उछिन्दै विश्वको दोस्रो सबैभन्दा मूल्यवान् एसेटको स्थान हासिल गरेको छ। पहिलो स्थानमा भने करिब ३० ट्रिलियन डलरको मार्केट क्यापसहित सुन रहेको छ।

चालु वर्षमा मात्रै चाँदीको मूल्यमा करिब १८५ प्रतिशतको वृद्धि भएको छ, जुन सन् १९७९ यताकै सबैभन्दा उत्कृष्ट प्रदर्शनतर्फ उन्मुख मानिएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

किन बढ्दैछ चाँदीको मूल्य ?

चाँदीको मूल्यवृद्धिका पछाडि विभिन्न कारणहरू रहेका छन्। परम्परागत रूपमा नेपाल लगायतका देशहरुमा चाँदी सिक्का, भाँडाकुँडा तथा गहना बनाउन प्रयोग हुँदै आएको छ। तर पछिल्लो समय यसको औद्योगिक प्रयोग तीव्र रूपमा बढेको छ।

विशेषगरी सोलार ऊर्जा, विद्युतीय सवारी साधन र सेमिकन्डक्टर जस्ता तीव्र रूपमा विस्तार भइरहेका उद्योगहरूमा चाँदीको प्रयोग बढ्दै गएको छ। यसले चाँदीको माग उल्लेख्य रूपमा बढाएको छ भने आपूर्ति भने त्यही अनुपातमा बढ्न नसक्दा मूल्यमा दबाब सिर्जना भएको छ।

CG Motors
Garima Development Bank
IME remit

यसका अतिरिक्त, गहना उद्योगमा सुन र चाँदी मिसाएर प्रयोग गर्ने प्रवृत्ति बढ्नु तथा अमेरिकामा ब्याजदर घट्नुले पनि चाँदीको माग बढाएको छ। ब्याजदर घट्दा अमेरिकी डलर कमजोर हुन्छ, जसका कारण डलरमा कारोबार हुने सुन र चाँदी अन्य मुद्राका लगानीकर्ताका लागि सस्ता पर्न जान्छन्। यसले अन्तर्राष्ट्रिय बजारमा माग अझै बढाएको विश्लेषण गरिएको छ।

विश्लेषकहरूका अनुसार, औद्योगिक माग बलियो रहिरहेसम्म चाँदीको बजारमा अस्थिरता रहे पनि दीर्घकालीन रूपमा यसको आकर्षण कायमै रहने सम्भावना देखिन्छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.