बिहीबार, बैशाख ३१,२०८३ 01:55:31
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 01:55:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

न्युयोर्क संघीय अदालतमा माडुरोको उपस्थितिको तयारी, सोमबारै प्रारम्भिक सुनुवाइ हुनसक्ने

Laxmi Sunrise Bank Limited
न्युयोर्क संघीय अदालतमा माडुरोको उपस्थितिको तयारी, सोमबारै प्रारम्भिक सुनुवाइ हुनसक्ने
Shivam Cement

काठमाण्डौ । भेनेजुएलाका शासक निकोलास माडुरो निकट भविष्यमा न्युयोर्कस्थित संघीय अदालतमा उपस्थित हुन सक्ने भएका छन्। फक्स न्युजले जनाएअनुसार माडुरोले आउँदो सोमबार म्यानहटनको संघीय अदालतमा प्रारम्भिक उपस्थिती जनाउने सम्भावना छ।

Bizshala
New Office
CG Motors

हालको चरणमा समय तालिका परिवर्तन हुन सक्ने बताइए पनि स्रोतहरूका अनुसार उनको अदालत उपस्थिती “सम्भवतः सोमबार” नै हुनेछ। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै फक्स न्युजले उक्त जानकारी सार्वजनिक गरेको हो।

Garima Development Bank
Shivam Cement
IME remit

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भेनेजुएलामा अमेरिकी सेनाले कारबाही गरेको र त्यस क्रममा माडुरो तथा उनकी पत्नीलाई नियन्त्रणमा लिएर देशबाहिर ल्याइएको दाबी गरेका छन्। अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले माडुरो र उनकी पत्नीविरुद्ध न्युयोर्कको साउदर्न डिस्ट्रिक्ट अदालतमा पहिले नै अभियोग दर्ता भइसकेको पुष्टि गरेकी छन्।

घटनाक्रमले अन्तर्राष्ट्रिय राजनीतिमा ठूलो तरंग ल्याउने अनुमान गरिएको छ भने माडुरोको सम्भावित अदालत उपस्थितीमाथि विश्व समुदायको चासो बढ्दै गएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.