बिहीबार, श्रावण ७,२०८३ 09:08:22
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 09:08:22
Bizshala
Global IME Bank Limited

अमेरिकाभन्दा झण्डै ६ गुणा बढी तेल भण्डार रहेको भेनेजुएला सधैं किन रह्यो गरीब ?

अमेरिकाभन्दा झण्डै ६ गुणा बढी तेल भण्डार रहेको भेनेजुएला सधैं किन रह्यो गरीब ?
New Office

काठमाण्डौ । विश्वमै सबैभन्दा ठूलो तेल भण्डार हुँदाहुँदै पनि भेनेजुएला आज गम्भीर आर्थिक संकटमा फसेको देशका रूपमा चिनिँदै आएको छ। यसको मुख्य कारण भेनेजुएलाको कच्चा तेल अत्यन्तै भारी र गाढा हुनु हो, जसलाई निकाल्न र प्रशोधन गर्न अत्यधिक लागत लाग्छ। साथै, देशको सरकारी तेल कम्पनी पुरानो प्रविधि, कमजोर व्यवस्थापन र लगानी अभावका कारण उत्पादन क्षमता घट्दै गएको छ।

अमेरिका र भेनेजुएलाबीच तेल, राजनीति र सुरक्षासम्बन्धी विषयलाई लिएर लामो समयदेखि तनाव रहँदै आएको छ। यही पृष्ठभूमिमा पछिल्ला दिनहरूमा दुई देशबीचको तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बिहान भेनेजुएलामाथि ठूलो सैन्य कारबाही गरिएको र राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी देशबाहिर लगिएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आक्रमणपछि केही घण्टामै यसको घोषणा गरेका हुन्।
यता, भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकी सेनाले राष्ट्रपति मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएपछि उनीहरू हाल कहाँ छन् भन्नेबारे सरकारलाई जानकारी नभएको बताएकी छन्।

भेनेजुएलासँग सन् २०२३ सम्म अनुमानित ३०३ अर्ब ब्यारेल तेल भण्डार रहेको बताइन्छ, जुन विश्वमै सबैभन्दा धेरै हो। दोस्रो स्थानमा साउदी अरेबिया (२६७.२ अर्ब ब्यारेल), त्यसपछि इरान (२०८.६ अर्ब ब्यारेल) र क्यानडा (१६३.६ अर्ब ब्यारेल) रहेका छन्। यी चार देशले मात्रै विश्वको आधाभन्दा बढी तेल भण्डार ओगटेका छन्।
अमेरिकासँग करिब ५५ अर्ब ब्यारेल तेल भण्डार छ, जसका आधारमा ऊ विश्व सूचीमा नवौं स्थानमा पर्छ। भेनेजुएलासँग अमेरिकाभन्दा करिब पाँच गुणा बढी तेल भए पनि तेलबाट हुने आम्दानी अमेरिकाको तुलनामा पाँचौं भागसमेत पुग्न सकेको छैन।

भेनेजुएलाको अधिकांश तेल भण्डार ओरिनोको बेल्ट क्षेत्रमा केन्द्रित छ, जुन करिब ५५ हजार वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। यो क्षेत्र देशको पूर्वी भागमा पर्छ। यहाँ पाइने भारी कच्चा तेलको घनत्व र सल्फरको मात्रा उच्च हुने भएकाले यसलाई निकाल्न, प्रशोधन गर्न र बजारमा बिक्रीयोग्य बनाउन विशेष तथा उन्नत प्रविधि आवश्यक पर्छ। यिनै कारणले भेनेजुएलाको कच्चा तेल अन्तर्राष्ट्रिय बजारमा अन्य देशको तेलभन्दा कम मूल्यमा बिक्री हुने गर्छ।

देशको तेल उत्पादन र व्यवस्थापन सरकारी स्वामित्वको पेट्रोलियोस दे भेनेजुएला, एस.ए. (PDVSA) ले गर्दै आएको छ। तर पुराना उपकरण, लगानीको अभाव, कमजोर व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण कम्पनीले आफ्नो पूर्ण क्षमतामा काम गर्न सकेको छैन। यसले गर्दा विशाल तेल भण्डार हुँदाहुँदै पनि भेनेजुएला त्यसको पर्याप्त लाभ लिन असफल देखिन्छ।

अन्तर्राष्ट्रिय प्रतिबन्ध र दीर्घकालीन राजनीतिक अस्थिरताका कारण भेनेजुएलाको अर्थतन्त्र गहिरो संकटमा परेको छ। उच्च मुद्रास्फीति, आवश्यक वस्तु र प्रविधिको अभावले जनजीवन कठिन बनेको छ। विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भएको देश आज गरिबी र आर्थिक अस्थिरतासँग संघर्षरत रहनु भेनेजुएलाको सबैभन्दा ठूलो विडम्बना बनेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.