मंगलवार, माघ १३,२०८२ 09:53:08
Bizshala
  • मंगलवार, माघ १३,२०८२ 09:53:08
Bizshala
Global IME Bank Limited
Bizshala

म्याक्सस नेपालद्वारा सवारीसाधनको नयाँ मूल्य सार्वजनिक, कुनको कति ?

म्याक्सस नेपालद्वारा सवारीसाधनको नयाँ मूल्य सार्वजनिक, कुनको कति ?
Shivam Cement

काठमाण्डौ । नेपालका लागि म्याक्सस विद्युतीय सवारीसाधनको आधिकारिक वितरक हिमालय मोट्रक्स प्रालिले आफ्ना तीन प्रिमियम विद्युतीय सवारीसाधनको संशोधित मूल्य सार्वजनिक गरेको छ। यस कदमले नेपाली विद्युतीय सवारी बजारप्रति म्याक्ससको दीर्घकालीन प्रतिबद्धता झल्काएको कम्पनीले जनाएको छ।

नयाँ मूल्यसूचीअनुसार म्याक्सस ई–टेरन ९ लक्जरी मोडेलको मूल्य १ करोड १० लाख रुपैयाँ, ई–टेरन ९ प्रिमियम को मूल्य १ करोड १८ लाख रुपैयाँ तोकिएको छ। त्यस्तै, प्रिमियम विद्युतीय एमपीभी म्याक्सस मिफा ७ को मूल्य १ करोड २४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

Bizshala
Garima Development Bank
New Office

ग्राहक पहुँच र सेवाको गुणस्तर थप सुदृढ बनाउने उद्देश्यले म्याक्सस नेपालले आफ्नो आधिकारिक डिलर नेटवर्क पनि विस्तार गरेको छ। हाल म्याक्ससका डिलरहरू काठमाण्डौ, पोखरा, विराटनगर र बिर्तामोड मा सञ्चालनमा रहेका छन्।

यसका साथै, कम्पनीले बुटवल, नारायणगढ र नेपालगञ्ज मा नयाँ डिलरशिप स्थापना गर्ने प्रक्रियामा रहेको जनाएको छ, जसले म्याक्ससको राष्ट्रव्यापी उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

सेवा सुविधाको दृष्टिले पनि म्याक्ससले आफ्नो सर्भिस नेटवर्क विस्तार गरेको छ। काठमाण्डौ उपत्यकाभित्र स्वयम्भू र धोबीघाट मा सर्भिस सेन्टर सञ्चालनमा छन् भने उपत्यकाबाहिर पोखरा, विराटनगर र बिर्तामोड मा सेवा सुविधा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।

म्याक्सस ई–टेरन ९ विद्युतीय पिकअप सेग्मेन्टमा उच्च प्रदर्शन र अत्याधुनिक प्रविधिका कारण विशेष पहिचान बनाउँदै आएको छ। यसमा ३२५ किलोवाट क्षमताको डुअल मोटर सिस्टम प्रयोग गरिएको छ, जसले ७०० न्युटन–मिटर टर्क प्रदान गर्छ। साथै, १०२ किलोवाट–आवर क्षमताको ब्याट्रीमार्फत ५६० किलोमिटर सम्मको ड्राइभिङ रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

सवारीमा समावेश गरिएको इन्डिपेन्डेन्ट एयर सस्पेन्सन र एड्जस्टेबल राइड हाइट ले उबड–खाबड सडक तथा अफ–रोड यात्रामा समेत आरामदायी र प्रभावकारी प्रदर्शन सुनिश्चित गर्दछ।

उच्च प्रदर्शन, प्रिमियम सुविधाहरू र विस्तार हुँदै गएको डिलर तथा सर्भिस नेटवर्कका साथ म्याक्सस नेपालले देशलाई स्वच्छ, दिगो र स्मार्ट विद्युतीय यातायाततर्फ अघि बढाउन निरन्तर योगदान दिँदै आएको जनाएको छ।

एसएआईसी/म्याक्ससबारे

सन् १९५५ मा स्थापना भएको एसएआईसी मोटर्स चीन सरकारको स्वामित्वमा रहेको अटोमोबाइल कम्पनी हो। चीनका ‘बिग फोर’ अटोमेकरमध्ये अग्रस्थानमा रहेको यस कम्पनीले भोक्सवागन र जनरल मोटर्स जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग संयुक्त उद्यममार्फत सवारी उत्पादन गर्दै आएको छ। साथै, एमजी, रोवे र म्याक्सस जस्ता आफ्नै ब्रान्डमार्फत विश्व बजारमा उपस्थिति विस्तार गर्दै आएको छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.